टेकबहादुर पुन/जिल्ला ब्युरो आइतबार, कार्तिक २६, २०८०

दाङ । ‘ईभान्सिका’ एक अबाेध शिशु । सँसार देखेको १६ दिनमा आफ्नै आमाको निसानामा परिन । आमाले घाटीमा रोपिदिएको धारिलो चाकुको दुखाई जेनतेन १४ दिन सहिन । तर अफसोच छुराको दर्द लामो समय सहन सकिनन् । अन्तत:बिहिवार राती शैशबावस्थामै देह त्याग गरिन ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी शिव प्रसाद चौधरी र निरम चौधरीको कान्छी छोरी ‘ईभान्सिका’ । बिडम्बना उनी यो सँसारमा आएको ३० दिनमै आँखा चिम्लिएकी छिन । अर्थात यो सँसारबाट बिदा लिएकी छिन । उनै शिशु हुन केही दिन अघि आफ्नै अर्धचेत आमाको चाकु प्रहारबाट घाईते भएकी थिईन ।

गत कार्तिक ८ गते आफ्नै आमाको हातबाट जानीनजानी उनको घाँटीमा चाकु प्रहार भयो । त्यसबेला उनी मात्र १६ दिनकि थिईन । चाकुबाट घाईते भएकि ईभान्सिकालाई लमही, घोराही हुँदै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुय्राईयो । यता आमालाई वडा प्रहरी लमहीले नियन्त्रणमा लियो । ईभान्सिकाको आईसियुमा उपचार शुरु भयो ।

यता शिशुको आमा सुत्केरी निरमपनि एकोहोरो थिईन । उनलाई देख्दा लाग्थ्यो उनिमा कमजोरी र केही मानसिक तनाब जस्तो । निरम केही बोल्थिनन् , न केही जवाफ दिन्थिन । आफैमा मानसिक बिरामी भएको हुनाले प्रहरीले उनलाई धेरै समय नियन्त्रणमा राख्न सकेन । नियन्त्रणमा लिएको अर्को दिन प्रहरीकै रोहबरमा निरमकोपनि घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पतालमा उपचार शुरु भयो । चिकित्सकले कमजोरी मान्छे, बेथाले झनै कमजोरी बनाएको बताए ।

आमा छोरी दुबैको फरक फरक स्थानमा उपचार चलिरहेको थियो । शिशु खतरामुक्त भनेर चिकित्सकले बताईसकेका थिए । बिडम्बना शिशुको उपचारका लागि भनेर आफन्तीले ऋण कर्जा गरि पठाईदिएको ९५ हजार अस्पतालबाटै चोरी भयो । शिशुका अँकल सुमनका अनुसार आफु यताउता हिँडडुल गरिराख्नुपर्ने भएकाले पैशाको ब्याग आमा सँग थियो । चोरले कसरी चोर्यो ब्याग सँगै हरायो । उपचारका लागि भनेर पठाएको पैशापनि हराएपछि उपचारमा कठिनाई आईलाग्यो । आर्थिक समस्या भएपछी आमा छोरी दुबैको उपचारका निम्ति प्रहरीले आर्थिक सहयोगको अभियाननै चलायो ।

लमही-७ का वडाध्यक्ष तथा नगर प्रबक्ता मोहन गिरी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीको नाममा सँयुक्त खाता सञ्चालन गरि सहयोगको अभियान चल्यो । यो अभियानलाई जनप्रतिनिधी, सँघसँस्था, उद्योगी, ब्यबसायी सबैले साथ दिए । खातामा एकलाख जम्मा भएपछि परिवारलाई हस्तान्त्रण गरियो । अभियानको उद्वेस्य थियो उनलाई बचाउनु । तर ‘ईभान्सिका’ लाई मृत्युले रोज्यो ।

उनलाई आमाको न्यानो काख चाहिन्थ्यो । पोसिलो आहारको आबस्यक्ता थियो । विभिन्न आबस्यक्ताबाट शिशु बञ्चित हुन पुगिन । डिस्चार्जको बेलापनि चिकित्सकले अर्धचेत आमासँग शिशुको दुरी कायम गर्न सल्लाह दिए । सोही अनुरुप घर सल्लाहमा उनी राप्ती गाउँपालिका स्थित माईतीघर गइन । घटनाले आमाको काखबाट छोरीको दुरी टाढा बनाईदियो । असोज २३ मा जन्मिएर कार्तिक २३ गते लमही स्थित तुलसी सेटललाईट अस्पतालमा उनको मृत्यु भयो । आफ्नै जन्मदिनमा शिशुले प्राण त्यागिन । ८ गतेको घटनाले टाढा बनेको दुरी सधैका लागि टाढा भईदियो । चिकित्सकलाई उदृत गर्दै अक्सिजन कम भएर शिशुको मृत्यु भएको उनका बुवा शिवले बताए । खानपिन राम्रै चल्दैथियो एक्कासी पेट फुल्लियो, अहिले यस्तो भयो शिवले दुखेसो पोखे ।

त्यस्तै अहिले आमा निरमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्यादथप गरि थप अनुसन्धान चलिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शँकर श्रेष्ठले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]