
Ksm
Anm
Gisld
Gmk
Sds
mbd
Pbu
Mbdvs
Rbs

Rgu
Gst
Ksm
Rgs
Asm
Wsp
Tsm
Sls
Ssm
Bbu
Ggd
nsb
Hal
Pvg
Rsb
Vor
Rgu
Sbs
Bbbpu

Rmb
Rpp
Gsb
Mks
Abd
Jmb
Syp
Bml
sab
bbt
Ptm
Jmb
Pls
दाङ । ‘ईभान्सिका’ एक अबाेध शिशु । सँसार देखेको १६ दिनमा आफ्नै आमाको निसानामा परिन । आमाले घाटीमा रोपिदिएको धारिलो चाकुको दुखाई जेनतेन १४ दिन सहिन । तर अफसोच छुराको दर्द लामो समय सहन सकिनन् । अन्तत:बिहिवार राती शैशबावस्थामै देह त्याग गरिन ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी शिव प्रसाद चौधरी र निरम चौधरीको कान्छी छोरी ‘ईभान्सिका’ । बिडम्बना उनी यो सँसारमा आएको ३० दिनमै आँखा चिम्लिएकी छिन । अर्थात यो सँसारबाट बिदा लिएकी छिन । उनै शिशु हुन केही दिन अघि आफ्नै अर्धचेत आमाको चाकु प्रहारबाट घाईते भएकी थिईन ।
गत कार्तिक ८ गते आफ्नै आमाको हातबाट जानीनजानी उनको घाँटीमा चाकु प्रहार भयो । त्यसबेला उनी मात्र १६ दिनकि थिईन । चाकुबाट घाईते भएकि ईभान्सिकालाई लमही, घोराही हुँदै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुय्राईयो । यता आमालाई वडा प्रहरी लमहीले नियन्त्रणमा लियो । ईभान्सिकाको आईसियुमा उपचार शुरु भयो ।
यता शिशुको आमा सुत्केरी निरमपनि एकोहोरो थिईन । उनलाई देख्दा लाग्थ्यो उनिमा कमजोरी र केही मानसिक तनाब जस्तो । निरम केही बोल्थिनन् , न केही जवाफ दिन्थिन । आफैमा मानसिक बिरामी भएको हुनाले प्रहरीले उनलाई धेरै समय नियन्त्रणमा राख्न सकेन । नियन्त्रणमा लिएको अर्को दिन प्रहरीकै रोहबरमा निरमकोपनि घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पतालमा उपचार शुरु भयो । चिकित्सकले कमजोरी मान्छे, बेथाले झनै कमजोरी बनाएको बताए ।
आमा छोरी दुबैको फरक फरक स्थानमा उपचार चलिरहेको थियो । शिशु खतरामुक्त भनेर चिकित्सकले बताईसकेका थिए । बिडम्बना शिशुको उपचारका लागि भनेर आफन्तीले ऋण कर्जा गरि पठाईदिएको ९५ हजार अस्पतालबाटै चोरी भयो । शिशुका अँकल सुमनका अनुसार आफु यताउता हिँडडुल गरिराख्नुपर्ने भएकाले पैशाको ब्याग आमा सँग थियो । चोरले कसरी चोर्यो ब्याग सँगै हरायो । उपचारका लागि भनेर पठाएको पैशापनि हराएपछि उपचारमा कठिनाई आईलाग्यो । आर्थिक समस्या भएपछी आमा छोरी दुबैको उपचारका निम्ति प्रहरीले आर्थिक सहयोगको अभियाननै चलायो ।
लमही-७ का वडाध्यक्ष तथा नगर प्रबक्ता मोहन गिरी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीको नाममा सँयुक्त खाता सञ्चालन गरि सहयोगको अभियान चल्यो । यो अभियानलाई जनप्रतिनिधी, सँघसँस्था, उद्योगी, ब्यबसायी सबैले साथ दिए । खातामा एकलाख जम्मा भएपछि परिवारलाई हस्तान्त्रण गरियो । अभियानको उद्वेस्य थियो उनलाई बचाउनु । तर ‘ईभान्सिका’ लाई मृत्युले रोज्यो ।
उनलाई आमाको न्यानो काख चाहिन्थ्यो । पोसिलो आहारको आबस्यक्ता थियो । विभिन्न आबस्यक्ताबाट शिशु बञ्चित हुन पुगिन । डिस्चार्जको बेलापनि चिकित्सकले अर्धचेत आमासँग शिशुको दुरी कायम गर्न सल्लाह दिए । सोही अनुरुप घर सल्लाहमा उनी राप्ती गाउँपालिका स्थित माईतीघर गइन । घटनाले आमाको काखबाट छोरीको दुरी टाढा बनाईदियो । असोज २३ मा जन्मिएर कार्तिक २३ गते लमही स्थित तुलसी सेटललाईट अस्पतालमा उनको मृत्यु भयो । आफ्नै जन्मदिनमा शिशुले प्राण त्यागिन । ८ गतेको घटनाले टाढा बनेको दुरी सधैका लागि टाढा भईदियो । चिकित्सकलाई उदृत गर्दै अक्सिजन कम भएर शिशुको मृत्यु भएको उनका बुवा शिवले बताए । खानपिन राम्रै चल्दैथियो एक्कासी पेट फुल्लियो, अहिले यस्तो भयो शिवले दुखेसो पोखे ।
त्यस्तै अहिले आमा निरमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्यादथप गरि थप अनुसन्धान चलिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शँकर श्रेष्ठले बताए ।
