तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, कार्तिक २५, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जाेड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेसँगै कडाइसाथ बजार अनुगमन थालेको छ।

गाउँपालिकाले पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयाेजक कमलापती चाैधरीकाे नेतृत्वमा शुक्रबार लालमटिया, पाखापानी,भालुवाङ्ग पुलचाेक बजार र पुरानो भालुवाङ्ग बजार क्षेत्रकाे अनुगमन गरेको छ।

अनुगमनका क्रममा उक्त बजार क्षेत्रबाट करिब ४० हजार बराबरको ३ सय २७ पीस प्लास्टिकका माला जफत गरिएको छ । गाउँपालिकाले गत वर्ष नै आफ्नो क्षेत्रभित्र खादा,प्लास्टिकजन्य माला,रबर, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो।

याे कुरा फेरि स्मरण गराउँदै पुनः कार्तिक १९ गते कार्यापालिकाकाे बैठक बसी गाउँपालिका क्षेत्रभित्र प्लास्टिकका फूलमालाहरुमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेकाे थियोे । पालिकाले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर आफ्नो क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर समेत यस अघि नैसार्वजनिक गरि सकेकाे छ।

पालिकाले खादाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिंक्सको सट्टा दूध, दही, मोही, प्लास्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको छ।

बजार अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयाेजक कमलापती चाैधरी,आर्थिक विकास शाखा प्रमुख जिवराज शर्मा,कृषि विकास शाखा प्रमुख सीमा भट्ट ,पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर रावत,अभिलेख तथा सुचनासम्पादनकर्ता तुल बहादुर कवँर मगर ,पत्रकार ओम प्रकाश गुप्ता लगायत ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरीहरुकाे सहभागीता रहेको थियो ।

त्यस्तै पालिकाले यस अघि पनि बजार अनुगमन गरि दुई लाख बढी मूल्यका विभिन्न अखाद्य बस्तु जफत गरि नष्ट गरेको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]