
Rgp
Ggp
pku
Srbpu
Sgr
Rgp1
Unsku
Pbu
Lnp
दाङ । घोराही–तुलसीपुर सडक खण्ड बन्द भएको छ । उपमहानगरपालिका वडा नम्बर १८ बिजौरी डाँडाँगाउँमा रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङ होम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही-तुलसीपुर सडक बन्द गरेका छन् । चालकको […]
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा-दाङको सोमबार एक कार्यक्रमकाे आयाेजना गरि भवन शिलान्यास गरेकाे छ । संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू गरिएकाे संस्थाले जनाएकाे छ ।संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले भवनकाे बिधिवत रूपमा […]
दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो । उनले उक्त […]
काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । […]
दाङ । देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया र बालसाहित्य कविता लेखन प्रतियोगिता शनिवार लमहीमा सम्पन्न भएको छ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सञ्चार र साहित्यमा सहकार्य र एकता, देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक भेटघाट एवं अन्तरक्रिया कार्यक्रम साहित्य मञ्चको आफ्नै भवनमा सम्पन्न भएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका -३ मसुरीयामा आइतबार आज कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो । जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै […]
दाङ । जिल्लाको कोइलाबास भन्सार नाकाको स्तरवृद्धि गर्ने उद्देश्यले आयोजित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सदस्य माननीय मेटमणी चौधरी र प्रतिनिधि सभा सदस्य नारायणी शर्माको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा माननीय मेटमणी चौधरीले भन्सारको स्तरवृद्धिका लागि विभिन्न योजनाबारे जानकारी गराउँदै यसलाई हर हालमा कार्यान्वयन […]
काठमाडौं । स्थानीय तहको रिक्त ४१ स्थानका लागि आइतबार उपनिर्वाचन हुँदै छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष र ३३ वडाध्यक्षका लागि चुनाव हुन लागेको हो । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको […]
दाङ । देउखुरीको गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि एवं गढवा गाउँपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्षहरु लेख बहादुर थापा र बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । […]
काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक,उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ […]