
Rgp
pku
Ggp
Unsku
Sgr
Rgp1
Pbu
Srbpu
Lnp

Pvg
Bbbpu
Ksm
Rgu
Asm
nsb
Rsb
Ggd
Gst
Sls
Tsm
Vor
Hal
Sbs
Ssm
Rgu
Wsp
Bbu
Rgs

Abd
bbt
Ptm
Rpp
Bml
sab
Mks
Jmb
Jmb
Pls
Rmb
Gsb
Syp
दाङ । तुलसीपुरमा प्रहरीले सवारी चेकजाँचका क्रममा ब्राउन सुगरजस्तो लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले बुधबार राति तुलसीपुर उपमहानगरपालिका–४, मिलनचोक क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, राति करिब १०:३० बजे तुलसीपुरबाट गोठीखोला तर्फ जाँदै गरेको रा ४ प ६६९७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा चालक २० वर्षीय विकास बुढा मगरलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको थियो । उनी तुलसीपुर उपमहानगरपालिका–१७, बनकट्टी निवासी हुन् ।
त्यस्तै प्रहरीले प्रारम्भिक शरीर तलासीपछि थप अनुसन्धानका क्रममा उनको बसोबास रहेको कोठामा खानतलासी गर्दा ८ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद गरिएको उक्त पदार्थ लागुऔषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी, पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइल फोन, नगद २ हजार २०० रुपैयाँ र प्रयोगमा रहेको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले बरामद सामग्रीहरूलाई अनुसन्धानका लागि सुरक्षित राखिएको जनाएको छ । प्रहरीका अनुसार, लागुऔषध सम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसैबीच,जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका इकाइहरुले सञ्चालन गर्दै आएको लागुऔषध नियन्त्रण अभियानलाई थप सुदृढ बनाउने क्रममा पछिल्लो समय निगरानी बढाइएको छ । सोही अभियान अन्तर्गत गत वैशाख ९ गते मात्र लागुऔषध सेवन, बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आशंकामा २७ जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले समाजलाई लागुऔषधमुक्त बनाउने लक्ष्यसहित यस्तो अभियान निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ । साथै, नागरिकलाई लागुऔषध विरुद्ध सचेत रहन र शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
