Sidha Patra सोमबार, मंसिर १७, २०८१

दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा-दाङको सोमबार एक कार्यक्रमकाे आयाेजना गरि भवन शिलान्यास गरेकाे छ ।

संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू गरिएकाे संस्थाले जनाएकाे छ ।संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले भवनकाे बिधिवत रूपमा शिलान्यास गरेका हुन् । भवन निर्माणकाे काम आजदेखि प्रारम्भ भई ३ महिना भित्र सम्पन्न गरिने भवन निर्माण समितिका संयाेजक एवम् संस्थाका काेषाध्यक्ष समीर खानले जानकारी दिए ।

काम निरन्तर जारी रहन्छ, ३ महिना भित्र काम सम्पन्न गर्ने गरि आवश्यक तयारी गरिएकाे संयाेजक खानले बताए । अत्याधुनिक ३ तले भवन निर्माणकाे लक्ष्य राखियता पनि पहिलाे चरण दाेस्राे चरण र तेस्राे चरण गरि काम हुने संस्थाले जनएकाे छ । २०७२ सालमा स्थापना भएकाे यश संस्थाले अति विपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निशुल्क बिद्यालय पाेशाक, स्टेशनरी सेवा, स्वास्थ्य तर्फ एम्बुलेन्स सेवा प्रदान गर्दै आएकाे छ ।

त्यस्तै सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्दै आएकाे यस संस्थाले यश वर्षबाट मलखाद बिक्रि बितरण गर्नुका साथै पशु फर्म संचनलन गर्ने निर्णय गरेकाे संस्थाले जनाएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]