
Mbdvs
Pbu
Sds
Gisld
mbd
Rbs

Wsp
Rgu
Ssm
Bbu
Vor
Rgu
nsb
Ggd
Ksm
Sbs
Tsm
Sls
Bbbpu
Pvg
Asm
Gst
Rgs
Rsb
Hal

Ptm
Rpp
Mks
Rmb
Pls
Jmb
sab
Jmb
Bml
Syp
Abd
bbt
Gsb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रशासनिक केन्द्र निर्माण र अन्य ठूला पूर्वाधारका कामहरु समयमै सम्पन्न गर्न प्राधिकरणले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे । सो अवसरमा उनले प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ई. छविराज पोखरेललाई प्रशंसा– पत्रद्वारा सम्मानित समेत गरे । चार बर्षे कार्यकाल सकिएपछी पोखरेलको विदाई गरिएको हो ।
पोखरेलले २०७८ चैत २५ देखि २०८२ चैत २४ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा प्राधिकरणमा रहेर कार्य गर्नुभएको थियो । उनको कार्यकालमा प्रदेशको पूर्वाधार विकास र विशेष गरी प्रशासनिक केन्द्र (मन्त्रालयका भवनहरू) निर्माणमा पुर्याएको योगदानको प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ । ‘प्राधिकरणले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दा प्रदेशको भौतिक विकासले गति लिएको छ’मुख्यमन्त्री आचार्यले भने ,‘विशेष गरी गौरवका आयोजना र प्रशासनिक संरचना निर्माणमा तत्कालीन नेतृत्वको भूमिका सराहनीय छ ।’
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल,प्रमुख सचिव कृष्णप्रसाद काप्री लगायत प्राधिकरणका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
