
Tgp
Rsb
Ssb
Gsb
Ksb
Csb
Ksb
Ssb
Nsb
Bsn
Ksb
Ppu
Rks
Usb

Hl1
Usb
Gsb
Ssb
Tsb

ptl
Rgu
Nps
दाङ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीलाई आइतबार राजपुरको गुरुङ खोलामा भव्य सम्मान गरिएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर-१ गुरुङ खोलामा रहेको ज्योति आधारभूत विद्यालयको आयोजनामा शिक्षक र अभिभावकसंग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सांसद चौधरीलाई शिक्षा क्षेत्रमा धेरै राम्रो कार्य गरेको भन्दै भव्य सम्मान गरिएको हो ।
उनले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको आवश्यकता अनुसार बजेट व्यवस्थापन गर्ने बताएका छन् । आफू सांसद भएदेखि निरन्तर विद्यालयको पक्की भवन निर्माणका लागि पटकपटक गरेर बजेट राखेको बताए । शिक्षक, अभिभावकसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले मानिस शिक्षित भएको खण्डमा मात्र समाज र राष्ट्र शिक्षित हुने वताए । आजको एक्काइसौं शताब्दीमा शिक्षा बिनाको समाज अन्धकार जस्तै हुने भएको हुँदा पहिले शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताए ।
उनले अहिले देशमा पुरानै प्रविधिबाट मानिस गुज्रि रहेको हुँदा देशमा कुनै परिवर्तन नआएको समेत जिकिर गरे । दलको नाउमा जस्तो व्यक्तिलाई उठायो त्यहीँ व्यक्तिलाई जिताएर पठाउने प्रविधिले गर्दा विकासले कुनै गति नलिएको समेत बताए । मैले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छु । मथ-मन्दिर,कुलो विविध क्षेत्रलाई पहिलो प्राथमिकता नदिएर,शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको हुँदा अब चुनावमा मत दिन्नौ,शिक्षकले मात्र मतदान गरुन्, साथीहरुले मलाई भने,सांसद चौधरीले अन्तरक्रिया कार्यक्रममा बताए । उनले भने-,तर मैले विद्यालयको भौतिक संरचना र गुणस्तर शिक्षाका लागि सधै जोड दिएर अघि बढेको छु,सांसद चौधरीले कार्यक्रमका सहभागीसंग बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा उनले गाउँको विकासका लागि के- के आवश्यकता छ,तपाईले मलाई स्टिमेट गरेर दिनुस् म बाजेटको व्यवस्थापनमा लाग्छु,वडा नम्बर १ कि वडा सदस्य तुलसा मल्ललाई आग्रह गरे । हामी विकास गर्नका लागि नेता बनेको हुँदा निरन्तर लाग्न जरुरी रहेको बताए ।
यस्तै अन्तरक्रियामा राजपुर गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य तुलसा मल्लले पहिलो प्राथमिकता,शिक्षा,स्वास्थ्य, बाटो,पुल,होमस्टे,सिमसार,खेतीयोग्य जमिन खोलाले कटान गरिरहेको हुँदा तटबन्धको व्यवस्थापन गरि दिन आग्रह गरिन । सांसदहरुले सुगम क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रलाई पनि पहिलो प्राथमिकता राखेर कार्य गर्न जरुरी रहेको वडा सदस्य मल्लको भनाइ रहेकोे थियो ।
त्यस्तै उक्त भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले विद्यालयको फिल्ड तथा पर्खाल निर्माणका लागि अनुमानित २० लाख र ४ कोठे भवन निर्माणका लागि अनुमानित ५० लाख गरेर कुल ७० लाखको बजेट व्यवस्थापन गरि दिनका लागि सांसद चौधरीलाई माग पत्र बुझाएका छन् ।
त्यस्तै उनले अहिले इलाका प्रहरी कार्यालयसंग समन्वय गरेर ज्योति आधारभूत विद्यालयमा वार्षिक दुई पटक लागूऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु पनि गरेको जानकारी दिए ।
उक्त कार्यक्रमको अवसरमा समाजसेवी एवं बुद्धिजीवी तथा शिक्षा प्रेमी मान बहादुर बुढा मगरले शिक्षा सुधार्नका लागि पहिले शिक्षक,अभिभावक बीच समन्वय हुन जरुरी रहेको बताए । उनले आफ्नो विद्यार्थी जीवनको अवस्था बारेमा स्मरण गर्दै बुढाले भने हामी यहाँदेखि गढवाको जनता माध्यमिक विद्यालयमा पढ्न जाने र आउने गर्दा धेरै संघर्ष गरेर पढेका थियौं,तर आज हाम्रा बालबालिकालाई त्यति धेरै गाह्रो छैन । आधारभूत तहसम्म गाउँमै पढ्न पाउने व्यवस्था भएको छ । यो सुखद पक्षय हो,तपाईहरुले आफ्नो बालबच्चाको विशेष ध्यान दिएर शिक्षा प्रदान गर्न तिर लाग्नुस भन्दै समाजसेवी बुढाले आग्रह गरे ।
त्यस्तै उनले अहिले धेरै जस्तो ७,८ कक्षामा पढ्ने बालबालिकाहरु कुलतमा लाग्ने गरेको हुँदा यश तर्फपनि सचेत हुन् जरुरी रहेको बताए । गढवामा कक्षा ९,१० सम्म एउटै कक्षामा पढेको साथी संघीय सांसद र मन्त्री भएर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको देखेर आफू अत्यन्तै खुशी भएको बताए ।
ज्योति आधारभूत विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ८९ वर्षीय राजबहादुर बुढाले गाउँसमाजमा धेरै समस्या रहेको हुँदा आगामी दिनमा निरन्तर यसैगरी गुरुङ खोलालाई सहयोग गर्न सांसद चौधरीलाई आग्रह गरे ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पस्च्यात सांसद चौधरीले उक्त गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाई,गणेश सामुदायिक वनको भवन,होमस्टे, जलासय,खोलाको कटान तथा निर्माण हुँदै गरेको झोलुङ्गे पुलको समेत अनुगमन गरेका थिए ।

