
Srbpu
Lnp
Unsku
pku
Rgp1
Ggp
Sgr
Rgp
Pbu
दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा दिलमाया घर्ती मगर चयन हुनुभएको छ। शुक्रबार सम्पन्न वडाकाे तेस्रो सम्मेलनबाट घर्ती मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै सम्मेलनले घर्तीकाे अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा खगेश्वर गिरी, सचिवमा मान बहादुर रोका, सह-सचिवमा इराधा झाक्री […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न लागेका छन् । राप्ती गाउँपालिकाले हालै माध्यमिक तथा आधारभुत तहका शिक्षकहरूको दरबन्दी मिलान गर्ने क्रममा सो विद्यालयबाट सरूवा भएर जान लागेका ५ जना शिक्षकले सम्बन्धित विद्यालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । जस अनुसार गोविन्द बहादुर केसीले शंकर […]
धनगढी । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना मानिस पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर –९ खक्रोला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आज सरकारी वकील कार्यालय काठमाडौँमा पार्टी सभापति लामिछानेको बयान हुँदै गर्दा रास्वपाका कार्यकर्ताले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो। त्यस्तै उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान भइरहेको […]
दाङ । घाँस काट्नेक्रममा रुखबाट लडेर एक जना मानिसकाे मृत्यु भएकाे छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर – ७ तमाखेका ५४ वर्षिय जेमबहादुर सुनारकाे मृत्यु भएकाे हाे । यहीँ मंसिर १३ गते घर नजिकै रहेकाे इपिलकाे रुखबाट लडेर घाइते भएका सुनारकाे उपचारकाे क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएकाे छ ।
बुटवल । आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन दिउँसो लुम्बिनी आउँदै छन् । विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताए । उक्त अवसरमा स्नातकोत्तर तहका […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक […]
काठमाडौं । यहीँ मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ । निर्वाचनलाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ । मौन अवधिमा उम्मेदवारको […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् । उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरमा १ सय १६ वटा […]