
Pbu
Lnp
Unsku
Ggp
Srbpu
Sgr
pku
Rgp1
Rgp

Ksm
Asm
Bbu
Rsb
Rgu
nsb
Ssm
Sbs
Tsm
Sls
Rgu
Wsp
Bbbpu
Ggd
Hal
Gst
Vor
Rgs
Pvg

bbt
Abd
Pls
Ptm
sab
Gsb
Mks
Jmb
Syp
Bml
Rmb
Jmb
Rpp
दाङ । देउखुरीकाे लमही नगर विकास समितिले लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयनको चरणमा पुगेको छ । समितिले २०८२ चैत ८ गते ३५ दिने सूचना जारी गर्दै व्यवसायीहरुलाई टहरा खाली गर्न आग्रह गरेको थियो जसको म्याद यही वैशाख १२ गतेसम्म कायम रहेको छ ।
यहीँ वैशाख १३ गते टहरा खालि गराईने कार्यक्रम छ । समितिका अध्यक्ष जोगराज चौधरीका अनुसार तोकिएको समयभित्र टहरा खाली गर्न सबै व्यवसायीहरुलाई अनुरोध गरिएको थियो । तोकिएको समयमा टहरा खालि नगरे सुरक्षा निकायको सहयोगमा खालि गराइनेछ । “हामीले ३५ दिने सूचना जारी गरेर सबै व्यवसायीलाई जानकारी गराइसकेका छौँ । व्यवसायीहरुले स्वेच्छाले टहरा खाली गरी सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” अध्यक्ष चौधरीले बताए । लमही नगर विकास समितिले उक्त क्षेत्रमा निर्माण गरिएका ३९ वटा व्यावसायिक टहरा लामो समयदेखि भाडामा उपलब्ध गराउँदै आएको थियो ।
यसैबीच आज जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा,लमही नगरपालिकाका प्रमुख तथा लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी, दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठ,सशस्त्र प्रहरी बल,नेपाल ४१ न. रिजर्भ गण हे.क्वा. अर्जुन खोलाका एसपी अर्जुन खत्री,वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेय तथा नगर विकास समितिका पदाधिकारी सहितको संयुक्त टोलीले बसपार्क क्षेत्रको स्थलगत टहराहरुको अनुगमन गरेको छ ।
त्यस्तै अनुगमन टोलीले तोकिएको समयसीमाभित्र टहरा खाली गरी व्यवस्थापन प्रक्रियालाई सहज बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरेको छ ।
