
Pbu
ksbl-7
Gsbg-3
Msbg-2
Gsbr-6
Jsbr-3
Csbg-7
Rksr-7
Usbl-7
Jsbg-7


दाङ । जिल्लाको कोइलाबास भन्सार नाकाको स्तरवृद्धि गर्ने उद्देश्यले आयोजित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यो कार्यक्रम प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सदस्य माननीय मेटमणी चौधरी र प्रतिनिधि सभा सदस्य नारायणी शर्माको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा माननीय मेटमणी चौधरीले भन्सारको स्तरवृद्धिका लागि विभिन्न योजनाबारे जानकारी गराउँदै यसलाई हर हालमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भन्सार क्षेत्रमा क्वारेन्टाइनको स्थापना, भन्सार अधिकृतको दरबन्दी मिलान, र भारत सरकारसँग कूटनीतिक पहल गरेर भारतीय पक्षमा पनि भन्सार नाका स्तरोन्नतिका लागि आवश्यक कदम चालिने बताए ।
त्यस्तै प्रतिनिधि सभा सदस्य नारायणी शर्माले दाङ र देउखुरी क्षेत्रको आर्थिक समृद्धिका लागि कोइलाबास भन्सार नाका एक प्रमुख आधार बन्ने बताउँदै,विकासका कार्यहरूलाई द्रुत गतिमा अघि बढाउन सबै सरोकारवालाबीच सहकार्यको खाँचो औंल्याए ।
कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्षले सांसदहरूलाई भन्सारको स्तरवृद्धि गरेर यस क्षेत्रको आर्थिक गतिविधिमा सक्रियता ल्याउन आग्रह गरे । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल सिंह ठकुरीले भन्सारको स्तरोन्नतिले देउखुरी क्षेत्रको समग्र रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, बिजौरी, हापुर, र गढवा उद्योग वाणिज्य संघका अध्यक्षहरूले पनि आफ्ना धारणा राख्दै भन्सार स्तरोन्नतिको महत्वबारे प्रकाश पारे ।
कार्यक्रमको सहजीकरण सुदन खनालले गरेका थिए । यस क्रममा भन्सार कार्यालयका प्रमुख दीपक शर्माले भन्सारको वर्तमान अवस्था, चुनौती, र आगामी योजनाहरूबारे प्रस्ट पारे । गढवा गाउँपालिका–८ का वडाध्यक्षले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सफलता र भन्सार स्तरोन्नतिका प्रयासमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै यस छलफलले कोइलाबास भन्सार नाकाको स्तरोन्नतिको कार्यलाई अघि बढाउन विभिन्न सरोकारवाला बीच सहमति र समन्वय गर्ने आधार तयार गरेको छ। भन्सार नाका स्तरोन्नतिले दाङ र देउखुरी क्षेत्रको आर्थिक विकास, व्यापारिक गतिविधि, र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमले दाङको समग्र आर्थिक रुपान्तरणमा नयाँ युगको सुरुवात गर्ने संकेत दिएको छ ।
