तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, मंसिर १६, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका -३ मसुरीयामा आइतबार आज कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो ।

जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ । नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ ।

नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल, प्रदिप चाैधरी,बल बहादुर राई,सागर खाती, मिलन कार्की, पिङ्की बाेहाेरा,मनी कुलुङ राई,अग्नी विश्वकर्मा,उमेश तामाङ,रिजन केसी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय रहेको थियो । नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर,वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ ।

नाटक सम्पन्न भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नाटकले यथार्थ चित्रण गरेको बताए । उनले यस्ता नाटकले समुदाय सचेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो । मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग तथा राप्ती गाउँपालिका दाङकाे सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो ।

नाटक दाङ,इलाम,ताप्लेजुङ,बझाङ, जाजरकोट, पश्चिम रुकुम सहित देशका विभिन्न ८ जिल्लामा प्रदर्शन गरिने निर्देशक सोमनाथ खनालले जानकारी दिए । ताप्लेजुङबाट शुरु भएको नाटक प्रदर्शनी बझाङ पुगेर समापन गरिने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]