दाङ । देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया र बालसाहित्य कविता लेखन प्रतियोगिता शनिवार लमहीमा सम्पन्न भएको छ ।
देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सञ्चार र साहित्यमा सहकार्य र एकता, देउखुरीको साहित्यिक उन्नयनमा सञ्चारकर्मीको भूमिका विषयक भेटघाट एवं अन्तरक्रिया कार्यक्रम साहित्य मञ्चको आफ्नै भवनमा सम्पन्न भएको थियो ।
त्यस्तै साहित्य मञ्चको यहीँ मंसिर २२ गते आयोजना हुने वार्षिक कार्यक्रम तथा पुरस्कार सम्मान गरिने पूर्वसन्ध्यामा आयोजित बालप्रतिभा छनौटका लागि कविता प्रतियोगतिा पनि गरिएको थियो ।
मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बरिष्ठ साहित्यकार गंगानाथ कोइरालाले गरेका थिए । यहीँ मसीर २२ गते हुने मञ्चको साधारणसभा तथा अधिवेसनमा शेषमणि शर्मा एवं कृष्णा शर्माद्वारा गत दुईवर्ष पहिले स्थापना गरिएको बालप्रतिभा पुरस्कार रु १,०२,३४५।– एक लाख,दुई हजार तीन सय पैतालिस) अक्षय कोषबाट साहित्यमा छनौट हुने १६ वर्ष मुनिका तीनजना छात्र छात्रालाई पुरस्कृत गरिने छ । प्रतभिा छनौटको व्यवस्थापन संस्थाका सचिव केशव शर्मा घिमिरे,सदस्यद्वय रेशम बि सी र युवराज भण्डारी रहेको उप-समितिले गरेको थियो ।
त्यस्तै राष्ट्रियता, प्रकृति र संस्कृति शीर्षकमध्ये गोलापर्थाद्वारा छानिएको “राष्ट्रियता” विषयमा गोरखा बोर्डिङ स्कुल लमही,जईन्द्र बोर्डिङ स्कुल लमही,खिम बहादुर माबि कोलही,माबि फलकापुर, शंकर मावि पिपरी र दुर्गा भवानी आधारभूत विद्यालय मसुरिया गरि ६ वटा विद्यालयबाट छात्र छात्राहरुको सहभागिता रहेको थियो । यस्तै प्रथम चरणको प्रतिभा छनौटमा निर्णायक मण्डलका संयोजक उप-प्रा हरेकृष्ण ज्ञवालीले राष्ट्रियता शिर्षकमा लेखिएको कवितामा राष्ट्रको पीडा विद्यार्थीहरुको मनले पनि छोएको बताए ।
त्यस्तै दोस्रो चरणमा सञ्चारकर्मीहरु र साहित्यकर्मीहरुको सहकार्य र एकता विषयक अन्तरक्रियाको समायोजन कार्यक्रम संयोजक नीमबहादुर थापाले गरेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि गंगानाथ कोइराला,विशिष्ट अतिथी शेषमणि शर्मा घिमिरे,पत्रकार एवं साहित्यकार डा.कृष्णराज सर्वाहारी,पत्रकारहरु राधेश्याम गुप्ता, लिला शाह लगायतका बक्ताहरुले साहित्यकार र पत्रकार दुबै कलमजिवी रहेकोले देश र जनताको पक्षमा स्पष्ठ,मिठो,सरस एवं सरल शैलीमा सार्वजनिक गर्न सहकार्य आबश्यक हुन्छ भनेका थिए ।
त्यस्तै प्रमुख अतिथि कोइरालाले प्रत्यक्ष सूचना पत्रकारहरुले प्राप्त गर्छन् र प्राप्त सूचनालाई शब्द र वाक्य गठनमा व्यवस्थापन गरी समाजमा राखिदिने काम साहित्यकारहरुले गर्नु पर्ने बताए । कार्यक्रमको सहजीकरण सचिव केशव शर्मा घिमिरेले गर्नु भएको थियो ।
यी दुबै कार्यक्रम सकिए पछि यस कार्यसमितिको अन्तिम तथा वार्षिक सभाको तयारी बैठक बसेको थियो । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा बसेको तयारी बैठकले संयोजक नीमबहादुर थापा,सदस्यद्वय राधा गौतम र बालमुकुन्द आचार्य रहेको श्रष्ठा छनौट उपसमितिले सिफारिस गरेका नामहरु अनुमोदन गरेको थियो ।
त्यस्तै मिति २०८१ साल मंसिर २२ गते बितरण गरिने पुरस्कृत तथा सम्मानित श्रष्ठाहरुमा गणेश बिषम–केदाररत्न साहित्य सम्मान, नरेश जंगबहादुर राणा–खिमानन्द केशरा साहित्य सम्मान, चन्द्रकला शाह–पाठक कला संगीत सम्मान, पद्मप्रसाद शर्मा–होत बिष्णु साहित्य सम्मान, प्रदिपराज श्रेष्ठ–जगत भीमा साहित्य सम्मान, मकुश पन्थी–पोख्रेल पद्यसाहित्य सम्मान, शिबराज पन्थी–कतार देउखुरी साहित्य सम्मान, विणा रोका क्षेत्री–ठागुरामपति प्रतिभा साहित्य सम्मान र दिपककुमार यादव–राम रुपनी साहित्य सम्मान नौजना सिफारिस नामहरु अनुमोदन गरेको छ । साथै योगदानमा आधारित अग्रज सम्मानका लागि गढवा गाउँपालिका खड्गपुर निवासी राजेन्द्रप्रसाद चौधरी र लमही निवासी बामदेव पौडेललाई छनौट गरिएको अध्यक्ष हरि पोख्रेलले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।