
Rksr-7
jsbr-3
Gsbg-3
Pbu
Usbl-7
Csbg-7
Msbg-2
Gsbr-6
Jsbg-7
ksbl-7
एजेन्सी । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ । त्यस्तै गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताए । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले […]
दाङ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थपनाका लागि प्रदेश सरकारले प्रकृया अगाडी बढाएको छ । शुक्रबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि प्रतिष्ठान गठनको कानुनी प्रकृया अघि बढेको हो । अब उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तर्फबाट प्रतिष्ठान स्थापना तथा सञ्चालन […]
काठमाडौँ । आजदेखि आइतबार भोली बिहान ६ बजेसम्म देशभर मौसम कहाँ कस्तो होला,वर्षा, हिमपात र हुरीको सम्भावना कस्तो छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेको छ । जसअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज थुनामुक्त भएका छन् । ५० औँ दिनपछि शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो । त्यस्तै सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया स्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको विद्यालयको वार्षिक मुखपत्र “दुर्गा वाणी” को शुक्रबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा मुखपत्रकाे बिमोचन गरिएको हो । मुखपत्र विमोचनपश्चात बोल्दै प्रमुख अतिथि […]
धनगढी । कैलालीमा बालुवा भित्र सालको काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९, बल्मीमा तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन् । कैलालीको गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले […]
दाङ । गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसिपुरमा पहिलो पटक विधिवत निर्वाचन प्रक्रियाबाट विद्यालय स्तरीय विद्यार्थी नेतृत्व चयन गरिएको छ। विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने उद्देश्यका साथ कक्षा प्रतिनिधि, कप्तान, उपकप्तान तथा सदन कप्तानको निर्वाचन सम्पन्न गरेको हो। निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार गरेका थिए । उम्मेदवारहरूले आफूलाई प्रस्तुत गर्दै […]
दाङ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् । मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, लुम्बिनी प्रदेश […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, […]
काभ्रे । महाभारत गाउँपालिकाले महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा उत्कृष्टता देखाएको छ । प्रतिवेदनअनुसार १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण हुँदा कुनै बेरुजु नदेखिएको हो। अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य नै थियो । उनले देशभरकै एक मात्र शून्य बेरुजु पालिका भएको दाबी […]