
Msbg-2
Pbu
Jsbg-7
Gsbr-6
Csbg-7
Usbl-7
Jsbr-3
Rksr-7
Gsbg-3
ksbl-7


दाङ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् ।
मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष जगेश्वर चौधरी र कमैया महिला जागरण समाज नेपालका अध्यक्ष कृष्णी थारु र मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अगुवाईमा गएको टोलीले विभिन्न मन्त्रालयहरुमा कार्यक्रम र बजेट माग गरेका हुन् ।
त्यस्तै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट दाङ,बाँके र बर्दियाका लागि मुक्तकमैया परिवारका बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति सहयोग,मुक्त कमैया युवाहरुलाई प्रविधिक शिक्षा अध्ययनमा सहयोग, मुक्त कमैयाहरुलाई कृषि व्यवसाय (बाख्रापालन, बंगुरपालन, तरकारी खेती, भैसीपालन, कुखुरापालन सहयोग, डिप बोरिङ्ग, साना सिचाई सामाग्री,राजापुर नगरपालिका वडा नं. ३ सिन्दुरा र वडा नं. ४ संघर्षनगर गाउँमा कृषि मेशिनरी औजार,डिप बोरिङ्ग जडान,मुक्त कमैयाहरुको सुरक्षित आवास निर्माणका लागि बजेट माग गरेको कमैया महिला जागरण समाज नेपालका परियोजना संयोजक राजेन्द्र प्रसाद थारुले जानकारी दिएका छन् ।
बर्दियामा मुक्त कमैयाहरुको जग्गामा सिचाईको लागि बबई सिचाई अयोजना अन्र्तगत सिचाई सुविधाको लागि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर १० बैदी देखि बढैयाताल गाउँपालिका.वडा नं. ९ शक्ति नगर सम्म नहर मर्मत र व्यवस्थापन,मुक्त कमैया बस्ती डुबान र कटानबाट रोकथामको लागि नदि,खोलामा तत्बन्धको व्यवस्था, मुक्त कमैया बस्तीमा सोलार बत्ति जडान,मुक्त कमैया बस्तीमा रिचार्ज पोखरी निर्माण र पानीको मुहान संरक्षणका लागि बजेट माग गरेको संयोजक थारुले जानकारी दिए ।
त्यस्तै भौतिक पुर्वधार विकास मन्त्रालय सँग बर्दियाका लागि बढैयाताल गाँउपालिका वडा नं.९ मुक्त कमैया बस्ती शक्तिनगरमा बाटो ग्राभेल र पक्की सडक निर्माण, राजापुर नगरपालिका वडा नं.५ बदालपुर देखि राजापुर नगरपालिका वडा नं. २ सोहरिया सम्म सडक निमार्ण,राजापुर नगरपालिका वडा नं.४ भन्सार देखि घुम्ना गाउँ सम्म सडक निमार्ण, बाँसगढी नगरपालिका वडा नं.४ स्रेमानी मुक्त कमैया बस्तीमा पक्की सडक निर्माण,राजापुर नगरपालिका वडा नं.३ सिन्दुरा र वडा नं. ४ संघर्षनगर गाउँमा डिप बोरिङ्ग जडान, मुक्त कमैयाहरुको जग्गामा सिचाईको लागि बबई सिचाई अयोजना अन्र्तगत सिचाई सुविधाको लागि बर्दिया जिल्लाको बारबर्दिया न.पा.वडा नं. १० बैदी देखि बढैयाताल गा.पा.वडा नं.९ शक्ति नगर सम्म नहर मर्मत र व्यवस्थापन,दाङका लागि राप्ती गाँउपालिका वडा नं. ४ दाङ्ग बुढिचौर मुक्त कमैया बस्तीमा बाटो ग्राभेल र पक्की सडक निमार्ण,बाँकेका लागि कोहलपुर नगरपालिका वडा नं.११ लोकनगर बस्तीमा पक्की सडक निर्माण, दाङ, बाँके र बर्दियाका लागि डिप बोरिङ्ग, साना सिचाई सामाग्री, कृषि मेशिनरी औजार,मुक्त कमैयाहरुको सुरक्षित आवास निर्माण र मुक्त कमैया बस्ती डुबान र कटानबाट रोकथामको लागि नदि, खोलामा तटबन्धको व्यवस्था गर्न बजेट माग गरेको संयोजक थारुले जानकारी दिए ।
यस्तै यस अघि बुधबार सामाजिक विकास मन्त्रालय, उर्जा,जलस्रोत तथा सिचाई मन्त्रालय,योजना आयोगमा विभिन्न शिर्षकमा कार्यक्रम तथा बजेट माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।
