काठमाडौँ । आजदेखि आइतबार भोली बिहान ६ बजेसम्म देशभर मौसम कहाँ कस्तो होला,वर्षा, हिमपात र हुरीको सम्भावना कस्तो छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेको छ ।
जसअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
त्यस्तै आज दिनमा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ । साथै मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हुरीको समेत सम्भानवा रहेको महाशाखाले जनाएको छ ।
आज राति कोसी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । त्यस क्रममा कोसी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हुरीको समेत सम्भानवा रहेको छ ।
त्यस्तै मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। सोही कारण नेपालमा मौसम बदली,वर्षा,हिमपात तथा हुरीको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।