
Sds
Gmk
mbd
Mbdvs
Pbu
Anm
Gisld
Ksm
Rbs

Bbu
Ksm
Gst
Sls
Pvg
Ssm
Rgu
Vor
Asm
Rgs
Rsb
Hal
nsb
Tsm
Ggd
Sbs
Wsp
Bbbpu
Rgu

sab
Jmb
Syp
Abd
Rmb
Mks
Ptm
Rpp
bbt
Gsb
Jmb
Bml
Pls
दाङ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थपनाका लागि प्रदेश सरकारले प्रकृया अगाडी बढाएको छ । शुक्रबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि प्रतिष्ठान गठनको कानुनी प्रकृया अघि बढेको हो ।
अब उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तर्फबाट प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेश हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए । ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय मन्त्री परिषद बैठकबाट भएको छ,’ मन्त्री न्यौपानेले भने ‘अब यो विधेयक प्रदेशसभामा पेश हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रकृया अगाडी बढ्छ ।’
त्यस्तै विधेयक प्रदेशसभामा पेश भएपछि संसदले यसलाई पारित गर्नुपर्ने हुन्छ । संसदबट पारित भएको विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पुग्ने छ । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि ऐनको रुपमा जारी हुने छ । ऐन निर्माण भयो भने सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनका लागि प्रकृया अगाडी बढाउन बाटो खुला हुनेछ ।
यस्तै भाषा, साहित्य, लोक साहित्य,संस्कृति, ललितकला, नाट्यकला, संगितको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य सहित प्रतिष्ठानको स्थापना गर्न थालिएको मन्त्री न्यौपानेले जानकारी दिए । ‘भाषा, साहित्य, लोक साहित्य,संस्कृति, ललितकला, नाट्यकला, संगितको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ,’ मन्त्री न्यौपानेले भने ‘यहि लक्ष्य प्राप्तीका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्न थालिएको हो ।’
