
jsbr-3
Rksr-7
Gsbr-6
Pbu
Gsbg-3
Jsbg-7
Usbl-7
Msbg-2
ksbl-7
Csbg-7
दाङ । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजले बुधवार लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुसँग कार्यक्रम र बजेट माग गरेका छन् । मुक्त कमैया तथा कम्लहरीका विषयमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, लुम्बिनी प्रदेश […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, […]
काभ्रे । महाभारत गाउँपालिकाले महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा उत्कृष्टता देखाएको छ । प्रतिवेदनअनुसार १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण हुँदा कुनै बेरुजु नदेखिएको हो। अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य नै थियो । उनले देशभरकै एक मात्र शून्य बेरुजु पालिका भएको दाबी […]
धनगढी । कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, गड्डाचौकी र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔाषधसहित २ जना पक्राउ परेका हुन् । त्यस्तै भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका –२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई नेपाल प्रहरी, […]
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुने छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ। त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुने छ।
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले राप्ती नदीबाट अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आज बिहान साढे ३ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १ र गढवा गाउँपालिका–१ स्थित राप्ती नदी किनाराबाट अवैध रुपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार आज सार्वजनिक सूचना जारी गर्दै ५ हजार मेगावाटका जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको जानकारी दिएको हो । विद्युत प्राधिकरण सञ्चालक समितिको गत १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस […]
दाङ । आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । त्यस्तै संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन् । मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका केही खाद्य सामग्रीको उपभोग्य अवधि समाप्त भएको पाइएपछि ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन […]
काठमाडौँ । देशका विभिन्न स्थानहरुमा ४ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाही,बागमती नगरपालिका -१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् । गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत […]