धनगढी । कैलालीमा बालुवा भित्र सालको काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९, बल्मीमा तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन् ।
कैलालीको गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।
शुक्रवार आज बिहान बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याक्टरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका हुन् । बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।