
Sgr
Pes
Rgp1
sbs
Srbpu
Gfs
pku
Ggp
cjs
Djs
Rgp
Unsku
Lnp
Pbu

Pvg
Tsm
Rgs
Bbu
Ggd
Gst
Rgu
Sbs
Sls
Bbbpu
Hal
Ksm
Vor
Wsp
Rgu
Rsb
Asm
nsb
Ssm

bbt
Gsb
Mks
Bml
sab
Pls
Ptm
Jmb
Rpp
Abd
Rmb
Jmb
Syp
चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
भरतपुर महानगरपालिका वडा नम्बर –२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनि प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए।
विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।
विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिनेछ ।
त्यस्तै उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् ।
