
Rgp
Ggp
Dus
Rgp
Asb
ksb
Ggp
Usb
lnp
Rgp
Jns
Dbs
Rgp
Lnp
Lks
Pbu
Sgp


काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई ७ दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय,कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन भनेको हो । आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक,१ जना प्राविधिक प्रहरी सहायक हबल्दार,१६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् ।
त्यस्तै गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षकहरु विवेक सायद,देवकी थापा र प्रकाश थारु छन् । उनीहरु गत जेठ महिनादेखि सम्पर्कमा छैनन् । यसैगरी प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् । प्रहरी जवानहरु धन सिंह बुढा,गौतम कुमार पाचेमगर,अर्पण पोख्रेल,युवराज खड्का,सन्दिप विश्वकर्मा,विकास आचार्य,सुजन ओझा,अजित कुमार चौधरी पनि आफूखुसी गैरहाजिर भएका छन् । यसैगरी दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर,धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा, विनोद साह तथा प्रहरी कार्यालय सहयोगहरु कमलबहादुर माझी र मनबिर सिंह धामी पनि सम्पर्कविहीन छन् ।
यस्तै उनीहरुको नाम ठेगानासहितको विवरण सार्वजनिक गर्दै सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित य कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनु होला ।’ अन्यथा सेवाबाट हटाउने प्रक्रिया सुरु गर्ने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ ।
