
ksbl-7
Jsbg-7
Msbg-2
Rksr-7
Pbu
Jsbr-3
Gsbg-3
Csbg-7
Gsbr-6
Usbl-7
दाङ । देउखुरीको लमहीमा ५७ वर्षीया चौधरी मृत अबस्थामा भेटिएका छन् लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा एकब्यक्ति मृत भेटिएका हुन् । सोही ठाउँ निवासी वर्ष ५७ का श्यामलाल चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै बेलुका करिब ५ बजेको समयमा स्थानियले चौधरीको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक […]
काठमाडौं । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरु पनि थिए । सभामा सांसदहरु अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए । त्यस्तै जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पूरै सुनेको र […]
जनकपुरधाम । सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो । त्यस्तै बालकको च्यापिएर घटनास्थलमै […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१२,स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ । बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ […]
काठमाडौं । आज नागपञ्चमी पर्व,परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । […]
काठमाडौं । फोहरमैलाको कर्मचारी भन्दै १३ लाख रुपैयाँ भन्दा बढी उठाएको आरोपमा एक जना नक्कली कर्मचारी पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौं महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताएका छन् ।राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा लागू गरेर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘अब काम […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश,मधेस प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक पूर्वसैनिकले सँगै सुतिरहेकी आफ्नी श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर(१३,करेखोलाका बासिन्दा ४२ वर्षीय दानसिंह ठाडामगरले आइतबार बिहान करिब २ बजेतिर खाटमा सुतिरहेकी ४१ वर्षीया श्रीमती रविना थापाको टाउकोमा काठले प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि दानसिंहले आफैँ प्रहरी र विदेशमा रहेका छोराछोरीलाई फोन गरी हत्या स्वीकार गरेका छन् । […]
कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर –२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भएपनि […]