
Jns
Lnp
Ggp
Rgp
lnp
Rgp
Rgp
Dus
Usb
ksb
Lks
Ggp
Asb
Pbu
Rgp
Sgp
Dbs


दाङ । नेपालगंजबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी कुमाख गाउँपालिका वडा नम्बर –२,स्थित बढाई ज्युला भन्ने स्थानमा बिहीबार दिउँसो दुर्घटनामा पर्दा चालकसहित १५ जना घाइते भएका छन् । घाइते मध्य १४ जनालाई नेपालगंज पठाइएको छ ।
त्यस्तै दुर्घटनामा परेर गम्भिर घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका– ६ निवासी २८ वर्षका गाडी चालक पारश आचार्य,३६ वर्षका भुपेन्द्र बस्नेत,६३ वर्षका टिकाराम आचार्य, ३२ वर्षकी दिपा बुढाथोकी,उनकी ६ वर्षकी छोरी कोपिला बुढाथोकी,१६ वर्षका इन्द्र रावत,५६ वर्षका डोले बस्नेत, ३५ वर्षकी निर्मला बुढाथोकी,१० वर्षकी जेनिशा राना,७ वर्षका महेन्द्र बस्नेत,६२ वर्षका कालीमान हमाल, सुर्खेत भेरीगंगा नगरपालिका ९ बस्ने ३१ वर्षकी तुलसा सुनार, रुकुम पश्चिमको चौरजाहारी नगरपालिका १ बस्ने बर्ष ८४ की चन्दी बिष्ट र ३१ वर्षकी कुन्ता बिष्ट रहेका छन् ।
यस्तै यी सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी हेम बहादुर केसीले जानकारी दिए । सामान्य घाइते रुकुम पश्चिमको चौरजाहारी नगरपालिका–४ निवासी २३ वर्षका भुवन लामिछानेलाई मिशन अस्पताल,चौरजाहरी रुकुम पश्चिम पठाईएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको गाडी दिउँसो करिब १ बजे अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसेको हो । घटना लगत्तै गएको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरेर अस्पताल पठाएको डिएसपी केसीले बताए । यो दुर्घटनाले एकपटक फेरि ग्रामीण सडक सञ्जालको अवस्था, सवारी नियन्त्रण र सुरक्षासम्बन्धी व्यवस्थापनप्रति प्रश्न उठाएको छ । यात्रु ढुवानीमा प्रयोग हुने फोर्सजस्ता गाडीहरूको नियमित मर्मत,चालक दक्षता र सडक संरचना सुधार नहुँदासम्म यस्ता दुर्घटना दोहोरिन सक्ने संकेत यस घटनाले दिएको छ ।
