
Lnp
Rgp
Rgp
Dbs
Usb
ksb
Lks
Ggp
Asb
Rgp
Sgp
Dus
Pbu
Jns
lnp
Rgp
Ggp


दाङ । देउखुरीको गढवामा अवैध काठ चिरान गरिरहेको अबस्थामा शनिबार पक्राउ गरि बरामद गरिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो ।
कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा वडा अध्यक्ष चौधरीले अवैध रुपमा उक्त काठलाई मिष्ट्रीहरु लगाएर काठ गोलिया बनाइ आफ्नै घरमा चिरान गराउदै गरेको अबस्थामा फेला पारिएको सव डिभिजन वन कार्यालय गढवाका सव डिभिजनल वन अधिकृत याम प्रसाद गैरेले सिधा-पत्र डटकमलाई जानकारी दिए । अहिले बरामद गरिएको उक्त काठलाई नियन्त्रणमा ल्याइ सव डिभिजन वन कार्यालय गढवामा राखिएको सव डिभिजनल अधिकृत गैरेले बताए ।
त्यस्तै यता डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वन एन अनुसार ती अवैध रुपमा काठ चिरान गराउने र गर्ने व्यक्तिहरुलाई कारबाही गरिने जानकारी दिए ।
वडा अध्यक्ष चौधरी यस अघि पनि सामुदायिक वनको ऐलानी जग्गा अतिक्रमण गरेको भनेर विवादमा समेत परेका थिए ।

