
Pbu
Lks
Sgp
Jns
Rgp
Ggp
Dus
Rgp
ksb
Dbs
lnp
Rgp
Ggp
Asb
Lnp
Usb
Rgp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयमा नव निर्मित ३ तल्ला भवनको उद्घाटन एवम् सार्वजनिक सुनुवाइ शुक्रबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।क्रियटिङ पोसिबिलिटिज नेपालको इष्टिमेट कुल रकम ५० लाख,४३ हजार,३ सय,४३ रुपैया मध्य ५० लाख,२७ हजार,७ सय,८४ रुपैया र दाङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहा खुटीका ४५ बर्षीय खुसलराम पौडेललाई उनकै साथीले गोली हानेर हत्या गरेका छन् । गाउँकै साथीहरु संग सिकार खेल्न भनेर जंगलमा गएको र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार संगै सिकार खेल्न गएका व्यक्तिले नै पौडेललाई […]
काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी रहनु भएको थियो । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको हो । वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने,छलफलको राम्रो शुरुवात भएको छ […]
दाङ । देउखुरीकाे गढवाबाट गएराती ८ जुवाडे पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले करिब साढे आठ बजेकाे समयमा ९४ हजार नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हाे । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित […]
प्युठान । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका […]
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले […]
दाङ । देउखुरीको गढवा गाउँपालिका-१ कालाकाटे देखि राजपुर गाउँपालिका-५ जंग्रहवा सम्म तत्काल पिचको लागि निर्माण हुँदै गरेको हुलाकी राजमार्गलाई सोमबार स्थलगतमा पुगेर एक टोलीले निरिक्षण गरेको छ । राष्ट्रिय गौरवको योजना अन्तरगत उक्त हुलाकी राजमार्गमा बिस्तार गर्ने क्रममा केही समस्या उत्पन्न भएकोले उक्त टोली स्थलगतमा उत्रिएर वास्तविक समस्या बुझ्न आएको टोलीले बताएको हो । डिपिआर […]
दाङ । देउखुरी नेपाली काङ्ग्रेस राजपुरले राजपुर गाउँपालिका वडा नम्बर १ तब्दारपुर निवासी नेपाली काङ्ग्रेसका क्रीयासिल सदस्य कुलवीर चौधरीको निधनप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा शुक्रबार सम्पन्न गरेको छ ।राजपुर गाउँपालिका पार्टी सभापति शरद कुमार बिसिको अध्यक्षतामा भएको कार्यक्रममा तरुणदल राजपुरका संयोजक गोत बहादुर चौधरी,राजपुर १ का पार्टी सभापती रामबकश चौधरी,२ का सभापती धिरज बहादुर यादब,दलित […]
काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको […]
सवारी दुर्घटनामा गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ । मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनु भयो । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले […]