
lnp
Usb
Ggp
Asb
Dbs
Lnp
Dus
Rgp
Rgp
Ggp
Lks
Rgp
Sgp
Jns
Rgp
ksb


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयमा नव निर्मित ३ तल्ला भवनको उद्घाटन एवम् सार्वजनिक सुनुवाइ शुक्रबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।
क्रियटिङ पोसिबिलिटिज नेपालको इष्टिमेट कुल रकम ५० लाख,४३ हजार,३ सय,४३ रुपैया मध्य ५० लाख,२७ हजार,७ सय,८४ रुपैया र दाङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद मेटणी चौधरीको सांसद विकास कोषको जम्मा २५ लाख मध्य २२ लाखमा सो भवन निर्माण भएको हो ।
भवन निर्माण समितिका अध्यक्ष एवं राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले राजपुर गाउँपालिका भित्रको सिक्टा माध्यमिक विद्यालय,साधारण नमूना माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालयमा छात्रबासको ब्यबस्थापन गर्न धेरै आवश्यक रहेकोले आगामी दिनमा आफुले आफ्नो सांसद कोषबाट आवश्यक बजेटको ब्यबस्था गरि दिने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले सिपी नेपाल संस्थाले समुदाय स्तरमा रहेका निम्न वर्ग र जेहेन्दार बालबालिकाहरुलाई विद्यालय सम्म पुराएर उनीहरुलाई शिक्षा संग जोड्ने कार्यमा महत्त्वपूर्ण भुमिका निर्भा गरेको बताउनु भयो । त्यसैगरी संस्थाले शिक्षा क्षेत्र मात्र नभएर लाखौं आर्थिक सहयोग गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत महत्त्वपुर्ण र अतुलनीय तथा उदाहरणीय कार्य गरेको बताउनु बताउनु भएको थियो ।
विद्यालयका प्रधानध्यापक केशवराम यादवको विशेष स्वागत मन्तव्यका साथै भवन निर्माणको आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो । त्यस्तै भवन निर्माण प्रगति प्रतिबेदन प्रस्तुत गर्दै हाल संस्थाले सो विद्यालयमा शिशु कक्षालाई ब्यबस्थापन गर्न कक्षा ८,९ र १० का विपन्न तथा जेहेन्दार छात्र,छात्रालाई कोचिङ पढ्न टुहुरा तथा असाहाय विद्यार्थीहरुको पढाईको सम्पुर्ण खर्च व्यहोर्ने र टाढाबाट आउने विपन्न परिवारका विद्यार्थीहरुलाई साइकल वितरण गर्ने कार्य समेत गरेको प्रअ यादवले बताउनु भयो ।
कार्यक्रममा क्रियटिङ पोसिबिलिटिज नेपालका लेखा अधिकृत तथा विद्यार्थी संयोजक दिपा चौधरी,राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला सदस्य कपिल देव खनाल,नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीका सचिव केशवराम यादव,नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यालय सदस्य चुरामणी बेलवासे लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक भानुनाथ योगीले गर्नु भएको थियो ।
