Sidha Patra बिहिबार, मंसिर ११, २०७७

दाङ । देउखुरीकाे गढवाबाट गएराती ८ जुवाडे पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले करिब साढे आठ बजेकाे समयमा ९४ हजार नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोपबहादुर बिसी,हरि भण्डारी,सन्दिप अधिकारी,खिमबहादुर बुढा,होमराज रिजाल,किशोरसिंह ठकुरी,मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।

हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोपबहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]