
lnp
Usb
Rgp
Dbs
Asb
Lnp
Pbu
Rgp
Jns
Rgp
Rgp
Lks
Ggp
ksb
Ggp
Sgp
Dus


सवारी दुर्घटनामा गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ ।
मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनु भयो । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयक रुपमा कार्यरत रहेकी थिइन् ।
