
Gfs
Ggp
Rgp
sbs
pku
Sgr
Pbu
cjs
Unsku
Srbpu
Lnp
Rgp1
Djs
Pes

Rgu
Asm
Rsb
Sbs
Ssm
Ksm
Rgu
Bbbpu
Sls
Rgs
nsb
Vor
Tsm
Gst
Hal
Wsp
Pvg
Bbu
Ggd

Gsb
Pls
Jmb
Jmb
Rmb
Rpp
Syp
Mks
Bml
sab
Ptm
bbt
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिका-१ कालाकाटे देखि राजपुर गाउँपालिका-५ जंग्रहवा सम्म तत्काल पिचको लागि निर्माण हुँदै गरेको हुलाकी राजमार्गलाई सोमबार स्थलगतमा पुगेर एक टोलीले निरिक्षण गरेको छ ।
राष्ट्रिय गौरवको योजना अन्तरगत उक्त हुलाकी राजमार्गमा बिस्तार गर्ने क्रममा केही समस्या उत्पन्न भएकोले उक्त टोली स्थलगतमा उत्रिएर वास्तविक समस्या बुझ्न आएको टोलीले बताएको हो ।
डिपिआर गरिए अनुसार सडक निर्माण गर्ने क्रममा स्थानीयले विवाद सुरु गरेपछि, प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी,राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर,हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर तुलसी यादव,लगायत अन्य पदाधिकारीको टोली स्थलगतमा पुगेर अनुगमन गरेको थियो ।
कालाकाटे देखि गढवा सम्म २० किलोमिटर रहेको सडक निर्माणमा खासै समस्या नदेखिएको र गढवा देखि जंग्रहवा सम्म २० किलोमिटरमा केहि समस्या भेटिएको अनुगमन टोलीले जानकारी दिएको हो ।
जंग्रहवामा स्थित महतेनिया खोलामा निर्माण हुँदै गरेको पुलको दायाँबायाँमा दोहोरो तटबन्धन गर्नु पर्ने स्थानीयले माग राख्दै आएकोले थोरै समस्या देखा परेको हो । सो समस्यालाई समाधान गर्नको लागि सडक निर्माण कम्पनीले योजना अनुसार तटबन्धन गरि दिने र बाकी अपुग स्थानमा आफुले तटबन्ध गरिदिने सदस्य चौधरीले प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै विकासको क्रममा समस्या उत्पन्न हुने स्वभाविक कुरा रहेकोेले काम गर्ने क्रम देखिएको समस्यालाई स्थानीयकै बिचमा मिलाएर जनताको हित अनुसार काम गर्नु पर्ने सदस्य चौधरीले बताउनु भयो ।
कालाकाटे देखि गढवासम्म जोड्ने योजनाको ठेक्का बज्रगुरु कान्छाराम जेभिले २०७६/ ७/२९ गते देखि जिम्मा लिएर काम सुरु गरेको छ भने यता गढवा देखि जंग्रहवा सम्म राजमार्ग निर्माणको ठेक्का खड्का-कृष्ण प्रालिले ०७६/८/१ देखि लिएर काम गरिरहेको छ । सो हुलाकी राजमार्गको निर्माण कार्य ३ वर्ष भित्रमा पूरा गर्ने लक्षयका साथ दुईवटै निर्माण कम्पनीले धमाधम स्टकचर,माटो फिलिङ तथा ग्राभेल बिछ्याउने काम गरिरहेको इञ्जिनियर यादवले जानकारी दिनु भयो ।
