
Lnp
Ggp
Rgp
pku
Pes
Pbu
Djs
Gfs
Sgr
Rgp1
cjs
Srbpu
Unsku
Ses

Gst
Rgs
Bbbpu
Sbs
Ssm
Ksm
Tsm
Rsb
nsb
Rgu
Rgu
Wsp
Ggd
Hal
Bbu
Pvg
Asm
Sls
Vor

Bml
Rpp
bbt
Jmb
Gsb
Rmb
sab
Syp
Abd
Pls
Mks
Ptm
Jmb
काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९ एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटना भएको छ ।
काठमाडौंबाट आज बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।
वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो । वाडध्यक्ष राईले भने,‘हेलिकप्टरमा ५ जना चढेपछि शव राख्ने ठाउँ भएन छ । शवबहानमा शव हालेर उहाँहरु चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आउनु भएको रहेछ । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।’
त्यस्तै शव भने भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए । हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरु सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।अनलाइनखबर
