प्रहरी निरीक्षक श्रेष्ठको पहलमा आमा र घाइते शिशुको उपचारका लागि ५८ हजार बढी संकलन

दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई […]

शिक्षाका लागि नेपाली रुपैया दोब्बरले बिदेशीयाे

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको […]

ईलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा १० हजार अवैध कुखुराका चल्ला नष्ट

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी,पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो । तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार अवैध कुखुराका चल्ला नष्ट गरिएको उहाँले बताउनु भयो । […]

नेपाल आयल निगमद्वारा वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरको मूल्य वृद्धि फिर्ता लिएको छ । निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्य फिर्ता गरिएको जानकारी दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयअनुसार आयोगले मूल्य वृद्धि […]

आयाम सहकारीको नवौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न

दाङ । आयाम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय गढवा दाङको नवौ बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नुभएको हो । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारी संस्थाहरु नाफामुखि मात्र नभएर सेवामुखि पनि […]

राजपुर गापाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,जम्मा ८७ प्रतिशत मात्र खर्च

दाङ । देउखुरीको राजपुर गाँउपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला प्रतिनिधि,कर्मचारीले सवाल जवाफ गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत […]

क्यान्सर पीडित चाैधरीलाई देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघकाे आर्थिक सहयाेग

दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस […]

राप्तीमा शिक्षा तथा व्यवसाय दर्ता नवीकरण जारी,पाँचौं दिनमै ७ लाख बढी राजश्व संकलन

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका अन्तरगत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो । गाउँपालिकाले भदौ ५ गते देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ । […]

रेसुङ्गा विमानस्थलबाट मौसम खराबका कारण दुई महिनादेखि उडान बन्द

गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका […]

सशस्त्र प्रहरी बल भालुबाङद्वारा बाह्र लाखको अवैध कपडा बरामद

दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुवाङले बाह्र लाखको अवैध कपडा बरामद गरेको छ । बुधबार आज बिहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]