
Jas
Gsl
Bbs
Bbs
Jsbus
Bsbus
dsbus
Rbs
syysr
gms
Gsbus
Ssbus
Bksbus5
Skbss
Jas
Csbus
Pbu
Nssbus7
Jsbus
Ratbs

Rgs
Asm
Rgu
Rsb
Sls
Hal
Rgu
Sbs
Bbu
Ssm
Wsp
Ksm
Bbbpu
Gst
nsb
Tsm
Vor
Pvg
Ggd

Gsb
Syp
Jmb
sab
bbt
Jmb
Rpp
Abd
Mks
Rmb
Bml
Ptm
Pls
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ ।
यस्तै मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो ।
त्यस्तै यो बजेटमध्ये सरकारले १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । त्यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत अर्थात् १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ ८३.४ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड ८६ लाख र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब ४६ करोड खर्चको पछिल्लो अनुमान गरेको छ ।
यसमध्ये असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत बराबर हो ।
त्यस्तै संशोधित लक्ष्य भेट्टाउन आजै मात्र १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने अवस्था देखिन्छ । यसमध्ये चालुतर्फ ४५ अर्ब ४७ करोड, पुँजीगततर्फ १ खर्ब ७ अर्ब २५ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नु देखिन्छ ।
