तुलबहादुर कवँर मगर मंगलबार, साउन २६, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ ।

एपमार्फत किसानले मौसमको जानकारी,कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै,बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेतीसम्बन्धी आवश्यक जानकारीसमेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन् । गाउँपालिकाले प्रकाशन गरेका कृषि क्षेत्रसम्बन्धी सूचना,कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदनसमेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिए ।

यस्तै,उनका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम,अनुदान तथा अन्य सेवा किसानसम्म पुर्‍याउन सहज हुनेछ । किसानले कृषि उत्पादन,पशुपालन,रोग–कीरा व्यवस्थापन लगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।

एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई ‘राप्ती कृषि’ खोजेर डाउनलोड गर्न सकिनेछ । मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपीमार्फत खाता प्रमाणित गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फाराम भर्न सकिनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]