
Jas
Gsbus
Gsl
Ddhbs
Rbs
Jsbus
Nssbus7
Jas
Ssbus
Syees
Csbus
Ratbs
Jsbus
dsbus
Bbs
Amb
syysr
Bsbus
Pbu
Bbs

Ksm
Wsp
Sls
Hal
nsb
Rgu
Rgu
Gst
Rsb
Sbs
Vor
Bbu
Pvg
Ssm
Bbbpu
Tsm
Rgs
Asm
Ggd

Rpp
sab
Rmb
Mks
Ptm
Bml
Pls
Jmb
Gsb
Abd
Syp
Jmb
bbt
काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो ।
विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसमध्ये सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । एक महिनाको अवधिमा २१ अर्ब ९९ करोड ९३ लाख ४१ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ आयात हुँदा ८ अर्ब ७२ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको उल्लेख छ ।
यस्तैगरी दोस्रोमा १३ अर्ब ४५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको तेलघ्यूजन्य वस्तु आयात भएको छ । उक्त तेलघ्यूजन्य वस्तु आयात हुँदा ७४ करोड ८३ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै १३ अर्ब ३० करोड बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ ।
त्यस्तै उक्त फलाम आयात हुँदा २ अर्ब २६ करोड ८३ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यसैगरी ८ अर्ब १ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । उक्त सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा ७ अर्ब ३० करोड ५४ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
