
Rsb
Ksb
Usb
Bsn
Ksb
Gsb
Ssb
Tgp
Csb
Ssb
Ppu
Rks
Ksb
Nsb

Hl1
Gsb
Usb
Tsb
Ssb

Nps
Rgu
ptl
काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो ।
विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसमध्ये सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । एक महिनाको अवधिमा २१ अर्ब ९९ करोड ९३ लाख ४१ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ आयात हुँदा ८ अर्ब ७२ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको उल्लेख छ ।
यस्तैगरी दोस्रोमा १३ अर्ब ४५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको तेलघ्यूजन्य वस्तु आयात भएको छ । उक्त तेलघ्यूजन्य वस्तु आयात हुँदा ७४ करोड ८३ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै १३ अर्ब ३० करोड बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ ।
त्यस्तै उक्त फलाम आयात हुँदा २ अर्ब २६ करोड ८३ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यसैगरी ८ अर्ब १ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । उक्त सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा ७ अर्ब ३० करोड ५४ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
