Sidha Patra शुक्रबार, पुष २९, २०७९

दाङ । देउखुरीको लमहीमा अत्याधुनिक सुविधा सम्पन्न सहित सिद्धार्थ होटल ग्रिन संचालनमा आएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा लमही नगरविकास समितिको साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको जग्गामा वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरि संचालनमा आएको हो ।होटलले बिहिबार आफ्नै सभा हलमा होटल संचालन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन गरि होटलद्वारा दिइने सेवा सुविधाको बारेमा जानकारी गराएको छ । होटलले नगर विकास समितिसंग ३० वर्षको सम्झौता गरेको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

त्यस्तै उक्त होटल व्यवस्थापनमा २० करोड रुपैयाँ खर्च भैसकेको र अझै मास्टर पालन अनुसार २५ करोड थपगरि ४५ करोडमा होटल व्यवस्थापनको कार्य सम्पन्न गरिने होटलले जनाएको छ ।तत्काल होटलमा २० वटा अत्याधुनिक सुविधायुक्त १ हजार बढी मानिस अटाउने दुई तल्लामा सभा हल र मिटिङ कोठा रहेका छन् । यस्तै पारिवारिक वातावरण भएको रेष्टुरन्ट, प्राईभेट डाईनिङहल,बार,स्विमिङ्ग पुल,स्पा लगायतका सेवाहरु पुस २९ गते शुक्रवारदेखि संचालन हुने बताइएको छ भने निकट भविष्यमा ४२ वटा सुविधायुक्त कोठा,जिम,हेल्थ क्लब साथै चार तारे होटेलको सुविधा दिईने योजना रहेको होटल व्यवस्थापन समितिले जनाएको छ ।त्यस्तै देउखुरी क्षेत्रको पर्यटकीय स्थलको चिनारी यहाँको मौलिक कला संस्कृति, स्थानीय खानाका परिकारहरुलाई समेत प्राथमिकता दिई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा अगाडी बढाउने योजना रहेको होटेलका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिनु भयो ।लुम्बीनी प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरिय बनाउने उदेश्य साथ होटेल व्यवसायमा लगानी गर्दा आएको सिद्धार्थ ग्रपले २०६० साल माघ २३ गते कैलालीको टिकापुरबाट सेवा आरम्भ गरेको होटलले लमहीमा संचालित सिद्धार्थ होटल ३१ औं शाखाको रुपमा रहेको सम्मेलनमा जानकारी गराईएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राम्रो सुविधायुक्त होटेलको अभाव रहेको बेला यस क्षेत्रमा सचालित सिद्धार्थ होटेल आन्तरिक तथा बाहय पर्यटकलाई सेवा दिनुको साथै स्थानियलाई रोजगारीको अबस्था समेत श्रृजना गरेकोमा खुसि व्यक्त गर्नु भयो ।दाङ जिल्लाका क्रियाशील पत्रकार विभिन्न समाजसेवी एवं बुद्धिजीवीहरु उपस्थितिमा सम्पन्न भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन उक्त होटल संचालक रबि आचार्यले गर्नु भएको थियो ।यस्तै उक्त होटलको उद्घाटन पुस २९ गते शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्ने कार्यक्रम तय भएको होटलले जानकारी दिएको छ । सो कार्यक्रम मध्यान्न साढे १२ बजे देखि ४ बजे सम्म हुने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]