
Lnp
Pbu
Ggp
Sgr
Unsku
pku
Rgp1
Srbpu
Rgp

Bbu
Sls
Ssm
Ksm
nsb
Rgu
Hal
Rgs
Rsb
Asm
Sbs
Bbbpu
Vor
Ggd
Gst
Wsp
Tsm
Pvg
Rgu

Rmb
Syp
sab
Jmb
Abd
Jmb
Pls
bbt
Rpp
Gsb
Mks
Bml
Ptm
काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो ।
त्यस्तै नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । उनको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
