
Rsb
Bsn
Ksb
Ssb
Ppu
Tgp
Usb
Ssb
Ksb
Ksb
Csb
Gsb
Nsb
Rks

Hl1
Gsb
Tsb
Ssb
Usb

Nps
Rgu
ptl
दाङ । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् ।
त्यस्तै केसीले पाँच वर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन् । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निणर्य गरेको थियो । सो निणर्य दुई बर्ष पछि गत मंसिर २८ मा कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना भयो । प्रदेश राजधानी शहर व्यवस्थापनका लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।
योजनाबद्द विकास, चार वटा प्रदेश सरकारको गौरवका आयोजनाको रुपमा अघि बढाइएको, कानुन निर्माण, संगठन संरचना र जनशक्ति व्यवस्थापनको बिषयलाइ मुख्य उपलब्धी मानिएको छ । केसीले एक बर्ष ५ महिना मुख्यमन्त्री भएर बिताए । यो अवधिमा प्रदेशको जग बसाल्न सफल भएको दावी गर्दै प्रदेश गौरबका आयोजना नयाँ सरकारले निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
पहिलोपटक प्रदेशलाइ स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्याउने, विकासका आधारशिला खडा गर्ने, रणनीति योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गरेने जस्ता चिरस्मरणिय अप्ठ्याराका ५ बर्षहरु संघियता व्यवस्थापनका कडीहरु हाम्रा ऐतिहासिक अनुभुतिहरु रहेको सम्बोधनमा उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ बर्ष ५ महिना पूरा गरेको सन्दर्भमा मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तब्य पूरा गर्दछु सम्बोधनमा भनेका छन् ।
