
Ggp
Unsku
pku
Pbu
Lnp
Rgp1
Sgr
Srbpu
Rgp

Asm
Gst
Rgu
nsb
Vor
Hal
Bbu
Rgu
Sls
Sbs
Rgs
Ksm
Tsm
Bbbpu
Rsb
Pvg
Ssm
Wsp
Ggd

Rmb
sab
bbt
Jmb
Bml
Abd
Pls
Rpp
Syp
Gsb
Mks
Ptm
Jmb
दाङ । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् ।
त्यस्तै केसीले पाँच वर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन् । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निणर्य गरेको थियो । सो निणर्य दुई बर्ष पछि गत मंसिर २८ मा कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना भयो । प्रदेश राजधानी शहर व्यवस्थापनका लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।
योजनाबद्द विकास, चार वटा प्रदेश सरकारको गौरवका आयोजनाको रुपमा अघि बढाइएको, कानुन निर्माण, संगठन संरचना र जनशक्ति व्यवस्थापनको बिषयलाइ मुख्य उपलब्धी मानिएको छ । केसीले एक बर्ष ५ महिना मुख्यमन्त्री भएर बिताए । यो अवधिमा प्रदेशको जग बसाल्न सफल भएको दावी गर्दै प्रदेश गौरबका आयोजना नयाँ सरकारले निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
पहिलोपटक प्रदेशलाइ स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्याउने, विकासका आधारशिला खडा गर्ने, रणनीति योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गरेने जस्ता चिरस्मरणिय अप्ठ्याराका ५ बर्षहरु संघियता व्यवस्थापनका कडीहरु हाम्रा ऐतिहासिक अनुभुतिहरु रहेको सम्बोधनमा उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ बर्ष ५ महिना पूरा गरेको सन्दर्भमा मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तब्य पूरा गर्दछु सम्बोधनमा भनेका छन् ।
