
Gfs
Unsku
Ggp
Lnp
Pes
sbs
Djs
Rgp
Rgp1
Srbpu
Pbu
cjs
pku
Sgr

nsb
Bbbpu
Wsp
Pvg
Ggd
Rgs
Rsb
Rgu
Asm
Gst
Ksm
Sbs
Tsm
Hal
Bbu
Sls
Rgu
Ssm
Vor

Syp
Gsb
bbt
Jmb
Jmb
Rpp
Ptm
Bml
Pls
Rmb
sab
Mks
Abd
दाङ । फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जल गढवाले मंगलवार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई घोषणापत्र हस्तान्तरण गरेको छ ।
मंगलवार गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई खाद्द अधिकारका सवालमा पारित भएको धनगढी घोषणा पत्र हस्तान्तरण गरेको छ । खाद्य अधिकार अभियन्ताको राष्ट्रिय भेलाबाट पारित धनगढी घोषणापत्र ४३ जना संघ संस्थाकाहरुका प्रमुखहरु द्वारा हस्ताक्षर सहितको घोषणापत्र स्थानीय खाद्य अधिकार सञ्जाल गढवाका उमाकन्त पन्त सहितको टोलीले गढवा गाउँपालिकाको कार्यालयमा पुगेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बुझाएको हो।
घोषणापत्र बुझाउन पुर्व स्थानीय खाद्य अधिकार सञ्जाल गढवाका प्रमुख उमाकन्त पन्तले घोषणापत्र पढेर सुनाउनुभएको थियो। खाद्य अधिकारको क्षेत्रमा क्रियाशील संस्था फियान नेपाल र नेपालका पाच प्रदेशका खाद्य अधिकार सञ्जालका खाद्य अधिकार अभियन्ताहरु तथा अधिकारकर्मीहरु को राष्ट्रिय भेला यही पौष १६ र १७ गते सुदूरपश्चिममा प्रदेशको धनगढीमा सम्मन्न भएको भेलाले खाद्य अधिकारको सम्मान, संरक्षण, परिपुर्ति साथै संबिधानको मौलिक अधिकारमा ब्यवस्था भएको धारा ३६ को कार्यान्वयनका लागि बनेको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता ऐन २०७५ को कार्यान्वयन, किसानहरूको सवाल सम्बोधन र भोकमुक्त नेपाल बनाउनको सरोकारवालाहरु लाई जवाफदेही बनाउने उदेश्यले तयार पारिएको धनगढी घोषणापत्र २०७९ गढवा गाउँपालिकाका अध्यक्ष लाई हस्तान्तरण गरिएको हो ।
