
Usb
Rgp
Dus
lnp
Sgp
Asb
Rgp
Ggp
Jns
Lks
Pbu
Rgp
Ggp
ksb
Dbs
Rgp
Lnp
मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि डोजर चलाएर भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना आज बिहानदेखि भत्काउन सुरु गरिएको छ । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली […]
दाङ । देउखुरीको लमहीमा आज गोली चलेको छ । लमही नगरपालिका–५ लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको हो । त्यस्तै गोली प्रहारबाट कालिगढ दीपक सुनार सामान्य रुपमा घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्तिहरु घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना स्थललाई सिल गर्दै प्रहरीले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा जीवन गुप्ता,हिमानी न्यौपाने, रिता चौधरी, सरिता कुमारी चौधरी,मिठ्ठु चौधरी, शान्ति […]
दाङ । गढवा गाउँपालिका स्तरीय निजी विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । समितिको अध्यक्ष तथा शुभ तारा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]
काठमाडाैँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् । शुक्रबार आज दिउँसो जेनजी युवा प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ । त्यस्तै उनीहरुले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा […]
काठमाडौँ । आज प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि […]
दाङ । बंगलाचुली गाउँपालिकामा रहेका चुनढुंगा खानीपीडितहरु फेरि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । सिमेन्ट उद्योग र ट्रिप्पर व्यवसायीहरुले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै पीडितहरुले बुधबारदेखि घोराही–तापा सडकमा ट्रिप्पर सञ्चालनमा रोक लगाएका छन् । विभिन्न माग सुनुवाइका लागि ज्ञापनपत्र बुझाएका खानीपीडितहरुले १५ दिनसम्म पनि आफूहरुका माग सुनुवाइ नगरेको भन्दै बुधबारदेखि चुनढुंगा ओसारपसार बन्द गराएका हुन् । […]
दाङ । देउखुरीको गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन सम्बन्धि तालिम बिहीबार आज सम्पन्न भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा सहकारी संस्थाका सदस्य तथा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा व्यवस्थापन सम्बन्धि तालिम भएको हो । तालिममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शारदा कुमारी चौधरीले गढवा […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि […]