
Unsku
Sgr
Djs
Ses
pku
Ggp
Pbu
Pes
Srbpu
cjs
Gfs
Rgp
Rgp1
Lnp

nsb
Bbu
Hal
Sls
Ksm
Bbbpu
Rgs
Pvg
Sbs
Tsm
Rgu
Rgu
Asm
Rsb
Wsp
Ggd
Gst
Ssm
Vor

Rpp
bbt
Pls
sab
Ptm
Mks
Rmb
Bml
Jmb
Syp
Gsb
Abd
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रुपमा सोमबारदेखि सेवा सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित १० वटा मन्त्रालय भवन निर्माण सम्पन्न भए सँगै नयाँ भवनबाट काम सुरु भएको छ । प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईले दिएको जानकारी अनुसार ३ अर्ब ९ करोड २९ लाख ३८ हजार ७२ रुपैयाँ लागतमा निर्माण गरिएको प्रशासनिक केन्द्र १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बाहेक अन्य ९ वटा मन्त्रालय भवन एउटै डिजाइनमा निर्माण गरिएका छन् भने मुख्यमन्त्री कार्यालयको भवन फरक संरचनामा बनाइएको छ ।अन्डरग्राउन्ड पार्किङ सहित ६ तलाको मुख्यमन्त्री भवनमा सेतो रङ प्रयोग गरिएको छ भने अन्य ९ वटा भवन पाँच तलाका छन् र तीमा रातो र सेतो रङ प्रयोग गरिएको छ । प्रत्येक भवनमा अलग-अलग लिफ्टको व्यवस्था गरिएको छ । नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज,प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ ।
२०७९ मंसिर २८ गते प्रदेश सरकारले तत्कालीन राप्ती प्राविधिक शिक्षालयका भवनहरुमा मन्त्रालयकाे काम थालेकाे थियाे । काठमाडौँ स्थित शर्मा-सगुन जेभीले निर्माण सम्पन्न गरेको उक्त प्रशासनिक केन्द्रका लागि प्रदेश सरकारले २०७९ साल मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो । सोही वर्ष फागुन ३ गते स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको थियो । यसै बीच सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गरेका छन् ।
त्यस्तै,उनले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गरे ।`सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा पुर्याएको छ,´ मुख्यमन्त्री आचार्यले भने । उनले समयमै आयोजना सम्पन्न गर्न सफल हुनु प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको पनि बताए ।
यस्तै,भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको भवनमा सबै मन्त्रालय सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि सिकाइको उदाहरण भएको बताए । राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका छन् ।
त्यस्तै,यसअघि स्वास्थ्य मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अलग-अलग स्थानबाट सञ्चालन हुँदै आएका थिए । अब ती सबै मन्त्रालय पनि यही परिसरबाट सञ्चालन हुने प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । उनका अनुसार नयाँ भवनबाट सेवा सुरु हुनु संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धि हो ।
