
Ggp
cjs
Rgp
Ses
Djs
pku
Lnp
Pes
Pbu
Srbpu
Unsku
Sgr
Rgp1
Gfs

Rsb
Wsp
Vor
Ggd
Rgu
Ssm
Ksm
Rgu
Rgs
Bbu
Sbs
nsb
Asm
Hal
Tsm
Pvg
Sls
Bbbpu
Gst

Syp
Abd
bbt
Rmb
Jmb
Ptm
Rpp
Mks
Bml
Gsb
sab
Pls
Jmb
दाङ । लमही जेसीजको २६ औं पद हस्तान्तरण, पुरस्कार वितरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार लमहीस्थित होटल आश्रयमा सम्पन्न भएको छ ।
कार्यक्रम मार्फत वर्ष २०२५ को कार्यसमितिबाट वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गरिएको हो।
नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी रामदिन चौधरीले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष जेसी जय प्रकाश पौडेललाई चाँदीको चेन लगाइदिँदै पद हस्तान्तरण गरेका थिए ।बाजागाजा सहित नव नियुक्त अध्यक्ष पौडेललाई मंचमा प्रवेश गराइएपछि औपचारिक पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा निर्वाचन संयोजक मुकेश चौधरीले वर्ष २०२६ का नयाँ पदाधिकारीहरुको औपचारिक घोषणा गरेका थिए । त्यस अवसरमा वर्ष २०२५ का अध्यक्ष जेसी रामदिन चौधरीले नव नियुक्त अध्यक्ष जेसी जय प्रकाश पौडेललाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष पौडेलले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जेसी रामदिन चौधरीले आफ्नो कार्यकालमा साथ,सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य,सल्लाहकार तथा शुभेच्छुकहरुप्रति आभार व्यक्त गरे । उनले लमही जेसीजलाई अझ सशक्त र प्रभावकारी संस्थाका रुपमा अघि बढाउन सबैको निरन्तर सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
नव निर्वाचित अध्यक्ष जेसी जय प्रकाश पौडेलले जेसीजको मूल्य,उद्देश्य र अनुशासनलाई आत्मसात् गर्दै युवाको नेतृत्व विकास,सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वर्ष २०२५ मा आर्थिक सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै सुपरिवेक्षण मूल्यांकन समितिका अध्यक्ष खेमराज घिमिरेले उत्कृष्ट कार्यसम्पादन गर्ने पदाधिकारीहरुलाई अवार्ड पत्र प्रदान गरेका थिए । पूर्व अध्यक्ष उमा कान्त चौधरीले नव निर्वाचित पदाधिकारीहरुको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै सम्पन्न कार्यक्रममा विभिन्न विधामा जेसीजलाई योगदान पुर्याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने लमही जेसीजका पूर्व अध्यक्षहरु,बोर्ड अफ ट्रस्टीजका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधि,अतिथिहरु तथा जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
लमही जेसिजका कानुनी सल्लाहकार सरोज पाैडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव विदुर शर्माले गरेका थिए ।

