
Gfs
Pbu
pku
Ses
Sgr
Srbpu
Lnp
cjs
Pes
Djs
Ggp
Rgp1
Rgp
Unsku
दाङ । देउखुरीको सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर–७,स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको […]
काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोहीअनुसार हामीले कार्यान्वयन गरेका हौँ,’उनले भने। त्यस्तै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ […]
जनकपुर । जनकपुरधाममा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभाका कारण भिडभाड भएको समयमा जनकपुरको गंगासागर पोखरीको डिलमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषमाथि चक्कु प्रहार गरिएको हो । त्यस्तै घटनापछि स्थानीयवासीहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल […]
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल,जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताएका छन् । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । ‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरुरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गरे । उनले […]
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने जनाएपनि आजदेखि कार्यान्वयनमा ल्याएको हो । यो आचारसंहिता सबै […]
दाङ । आज २८६२ औँ सोनाम ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउदै छन् । यस अवसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तामाङ समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले सोनाम ल्होसारले आपसी सद्भाव,भाइचारा र सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । उनले […]
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन् । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए । दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै […]