
Dus
Jns
Rgp
Sgp
Rgp
Ggp
Asb
Lks
lnp
Usb
Lnp
Rgp
Rgp
ksb
Ggp

lms

काठमाडौं । सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा घ्याङलेख–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका उनलाई सिन्धुली पठाइएको प्रहरीले बताएको छ । उनीसहितको समूहले २९ पुसको राति साढे ७ बजेतिर खुकुरी देखाउँदै सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बैंक लुटपाट गरेका थिए ।
