लागुऔषध सहित एक जना पक्राउ

डडेल्धुरा । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ४ खलङ्गाबाट १६.१२ ग्राम चरेश सहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध (चरेश) भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको […]

मुगुमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,पाँच जना घाइते

काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका […]

साहित्यकार यादवको अवधी भाषा कविता सङ्ग्रह ‘कथरी’ बिमोचन’

दाङ । टुक्का कविताको चौथो वार्षिकोत्सवको अवसरमा साहित्यकार नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी विमोचन भएको छ। टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न कमलादी काठमाडौँमा सम्पन्न भएको हो। टुक्का साहित्य समाजले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा यादव लगायत अन्य आधा दर्जन जती साहित्यकारहरूको कृति बिमोचन […]

गढवामा डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभियान सुरु,सरोकारवालासंग अन्तक्रिया

दाङ । देउखुरीको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानको थालनी गरेको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो। गढवामा पछिल्लो समय डेंगुको […]

नगरपालिकाका इन्जिनियर चौधरी घुस रकम सहित पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव […]

सिचाइ विभागमा तालाबन्दी गर्ने निर्माण व्यवसायीहरु प्रहरीको नियन्त्रणमा

काठमाडौं । निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको जावलाखेलस्थित सिचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एडी लामा,उपाध्यक्ष प्रकाश सेट्टी,खिमप्रकाश मल्ल,उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष शाह लगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेका छन। बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट […]

राप्तीमा युवा चेम्बरद्वारा रक्तदान वक्तृत्वकला र फूलका बिरुवा रोपेर युवा दिवस मनाइयो

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,हरित विश्व निर्माणमा हरित सिप विकास’ […]

नालाम डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृतावस्थामा फेला

बाँके । बाँकेको खजुरा गाउँपालिका(७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका(६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए […]

आयाम बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन भदाै २३ गते हुने

दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङकाे नवाैं साधारणसभा तथा तेस्राे अधिवेशन भदाै २३ गते हुने भएकाे छ । संस्थाकाे संचालक समितिकाे बैठककाे निर्णाया नुसार भदाै २३ का लागि साधारण सभा तथा अधिवेशन काे मिति तय गरेकाे संस्थाले जनाएकाे छ, मिति २०७२ फागुन १३ गते दर्ता भई फागुन २६ गते बाट सेवा शुरू […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]