
Sgr
Rgp1
Ggp
Pes
Pbu
Djs
Unsku
Gfs
Lnp
Srbpu
Ses
pku
cjs
Rgp

Ssm
Rgs
Bbu
Sbs
nsb
Tsm
Sls
Bbbpu
Rsb
Wsp
Vor
Ggd
Hal
Asm
Rgu
Gst
Pvg
Ksm
Rgu

Ptm
Syp
Rpp
Rmb
Gsb
Jmb
Mks
sab
Pls
Jmb
bbt
Bml
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा गत आर्थिक वर्ष २०७९/०८० मा भए गरेका काम कर्तव्य, कार्यसम्पादन गर्दा सेवाग्राही,कर्मचारी र जनप्रतिनिधि बाट भए गरेका सहयोग असहयोग, व्यवहार र सहयोगको बारेमा छलफल तथा समिक्षा गरिएको गढवा गाउँपालिकाले जनाएको छ ।
साथै जनप्रतिनिधिहरुले कर्मचारीबाट गरेका अपेक्षा र त्यसको चुनौतीहरूको बारेमा बृहत छलफल भएको छ। पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नमुना कार्यसम्पादन गर्नका लागि अग्रिम तयारी गर्नका लागि गढवा जनप्रतिनिधि तथा कर्मचारी बिच समन्वय बैठकको आयोजना गरिएको हो।
बैठकमा गढवा गाउँपालिकाका सम्पूर्ण शाखाका शाखा प्रमुखहरुले गत आर्थिक बर्षको अनुभव र आर्थिक वर्ष २०८९/०८१ को कार्ययोजना प्रस्तुत गरेको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले जानकारी दिनुभयो। शाखा प्रमुखहरुले प्रस्तुत गरेको कार्ययोजना माथी जनप्रतिनिधिहरुले चर्चा परिचर्चा गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफुहरुको काम गर्न सक्षम भएको तर एउटा बिज्ञ टिम निर्माण गर्ने तर्फ सोच बनाएको बताउनु भयो। समग्र गाउँपालिकाको बिकाशको लागि बिज्ञको आवश्यकता महसुस भएको बताउनुभयो। पालिकाको बिभिन्न कामहरु ढिला सुस्ती भएको गुनासो आएको बताउदै पहिलो बर्ष आफुहरुको नयाँ र अनुभवको बर्ष भएकोले आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन उत्कृष्ट हुने बताउनु भयो। कार्य सम्पादन चुस्त दुस्त बनाउन नितिगत रुपमा उत्कृष्ट हुनुपर्ने बताउनुभयो।
पालिका संग गुनासो आउने गरेको भन्दै सेवाग्राहीलाई सकभर एकै दिनमा काम सम्पन्न हुने अथवा कमीकमजोरी टिपोट गरी दोस्रो पटकमा अनिवार्य सेवा दिने हिसावको सबै कर्मचारी लाग्न आवश्यक रहेको बताउनुभयो। पालिकाको निति नियम उत्कट भएता पनि केही कामहरु व्यवहारीक रुपमा गर्दा समस्या परेको बताउदै अबको आर्थिक वर्ष निति संगत अघि बढ्नु पर्ने बताउनुभयो। जनप्रतिनिधि र कर्मचारी बिचको मनमुटाव हुन नदिन कर्मचारी र जनप्रतिनिधिहरु बिचको अन्तरक्रिया कार्यक्रममा गर्नु पर्ने बताउनुभयो।
त्यसैगरी बैठकमा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय मित्रभावको हुनु पर्ने बताउनुभयो। जनप्रतिनिधि र कर्मचारी बिचको दुरी बढे पालिकाको कार्यसम्पादनको ठुलो ढिलाई हुने बताउदै जनप्रतिनिधि र कर्मचारी बिचको दुरी सधै शुन्य गराउनु पर्ने बताउनुभयो। साथै आफ्नो ठुलो जिम्मेवारी भएको बताउदै अनुगमन लगायतको सबै काम नितिगत र सबै संग सरसल्लाह गरेर अघि बढ्ने बताउनुभयो । बैठकमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले पालिकाको हकहितको लागि कर्मचारी र जनप्रतिनिधि बिचको दुरी शुन्य बनाउनु पर्ने बताउनु भयो । शाखा शाखा बिचको मनमुटाव लगाएतको समस्या पालिकाको समग्र बिकासमा बाधक बन्ने बताउदै आपसी समझदारीमा एकजुट भई लाग्नै पर्ने बताउनु भयो। पालिकाको कार्यसम्पादन नितिगत गर्नु पर्ने अन्यथा ठुलो समस्या पर्ने बताउनुभयो। नितिगत रुपमा सबै सजग बन्नु पर्ने बताउनुभयो। आगामी दिनमा उत्कृष्ट कार्य सम्पादन गरकन कर्मचारी सदैव तत्पर रहनु पर्ने बताउनुभयो।
त्यसैगरी कार्यसम्पादन सम्बन्धी समन्वय बैठकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, लेखा समिति संयोजक तथा वडा नम्बर ३ को वडा सदस्य आशाराम चौधरी,बिधायन समिति संयोजक तथा ४ नम्बर वडा सदस्य टुकमान कुवर, योजना तथा शुसाशन समिति संयोजक तथा वडा नम्बर ४ का वडा सदस्य अतिउल्लाह मनिहार त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगर, वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकी लगाएतकाले बोल्नु भएको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

