
Rgp
Ggp
Ksbus
Lnp
Asbus
Ksbus
Ggp
Msbus
Sdc


दाङ । देउखुरीको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ।
देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानको थालनी गरेको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो।
गढवामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमूखिकरण कार्यक्रम तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानलाई व्यापक बनाउन लागेको स्वास्थ शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिका वडा नम्बर १ मा रहेको गोबरडियामा स्वास्थ्य चौकी, वडा नम्बर २ को स्वास्थ्य केन्द्र भवनमा र वडा नम्बर – ६ गढवा गाउँपालिकाको सभाहलमा सरोकारवाला निकायहरु संग आइतबार डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकोछ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमूखिकरण कार्यक्रम गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भयो । यसका लागि टोली नै परिचालित गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान र रोकथामका लागि अभिमुखिकरण कार्यक्रम चलाउने बताइएको छ ।
कार्यक्रममा बोल्दै गढवा गांउपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे सम्भाबित क्षेत्रमा तत्काल अभियान चलाउनुपर्ने बताउनुभयो । उपाध्यक्ष चौधरीले जोखिम क्षेत्रहरु पहिचाहन गरी खोज र नष्ट र सचेतना अभियान चलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै किट जन्य रोग फोकल पर्सन कमल चन्दले डेंगु ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग भएको बताउदै यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्ने बताउनुभयो । डेंगु लागेपछि वान्ता हुने, शरीर दुख्ने आखाको नानी दुख्ने लगाएतको लक्ष्य देखा पर्ने साथै एक बर्ष मुनीका बालबालिका, गर्भवती महिला र सुगर लगाएतका अन्य विरामीहरुलाई बढी असर गर्ने फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।
त्यस्तै घरवरिपरी पानी जमेको ठाउँहरू, घरको वरीपरी राखिएको टायर, फूलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्ने बताउदै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पर्नुपर्ने जानकारी दिनु भयो। अन्तक्रिया कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, डेंगु तथा किटजन्य रोग नियन्त्रणका फोकल पर्सन कमल चन्द,गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी,कर्म हेल्थ गढवाका कार्यक्रम प्रवन्धक सन्देश पौडेल,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव,गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन,कोषाध्यक्ष दुखी राम चौधरी,गढवा गाउँपालिकाका बिभिन्न शाखाका प्रमुखहरु, साथै अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।



