गढवाका भूमिहीनलाई लालपुर्जा वितरण गर्न ठुलीचौरबाट जग्गाको नापजाँच सुरु

दाङ । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ। गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । गढवा गाउँपािलका वडा नम्बर ५ ठुलीचौर गाउँबाट आइतबारदेखि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले […]

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न,२७ जनाले गरे रक्तदान

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वाभिमान युवा क्लबको आयोजना […]

प्युठानको लामाचौरमा स्थापित सर्पदंश उपचार केन्द्र सञ्चालन

प्युठान। प्युठान जिल्लामा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा स्थापित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा ल्याइएको हो। कुल ६६ लाख ५० हजार रुपियाँको लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको आईतवार एक समारोहका बिच प्रदेश सासंद तुल्सिराम शर्माले उद्घाटन गरेका हुन । नगर प्रमुख टेकप्रसाद भण्डारीले नेपाली सेनाको प्राविधिक सहयोग र […]

राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित

दाङ । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । जस अनुसार उपाध्यक्षमा बसन्ती चौधरी र […]

लमही -७ मा संचालित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लबलाई

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोकाकप फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लब कप्तानगञ्जले उचालेको छ । नवजागरण क्लबले आयोजक चन्द्रज्योती क्लबलाई २-१ गोलको अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमै चन्द्रज्योतीले गोलको सुरुवात गरेको थियो । लगत्तै दवावमा नपरी नवजागरणले ३० औँ मिनेटमा गोल फर्कायो । पहिलो ईनिङ्स १-१ गोल बराबरीमा […]

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । पितृहरुको उद्दारका लागि अधिकांसले आफ्नै घरमा र कसै कसैले तिर्थस्थलमा समेत गएर श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार प्रतिपदा तिथीदेखि दशैं सुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्धगरि […]

सल्यानको तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु,१७ जना घाइते

दाङ । सल्यान जिल्लाको तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ […]

राप्ती नदीमा प्यूठानका एक वृद्धको शव फेला

दाङ । देउखुरी स्थित राप्ती नदीमा प्यूठानका एक वृद्धको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ को भोजराज पौडेलको शव शुक्रवार दिउँसो करिव ३ः ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया स्थित झुलुङ्गे पुल नजिक राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । […]

अपरधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी आज पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताउनु भयो । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वास घातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]