
Gfs
Djs
Rgp
pku
Rgp1
Ggp
cjs
Ses
Lnp
Srbpu
Unsku
Sgr
Pes
Pbu

Bbbpu
Ssm
Gst
Rgs
Wsp
nsb
Rgu
Asm
Sbs
Rgu
Sls
Rsb
Ggd
Ksm
Bbu
Hal
Vor
Tsm
Pvg

Jmb
Rpp
Pls
Jmb
Ptm
sab
Abd
Gsb
Rmb
bbt
Bml
Syp
Mks
दाङ । सल्यान जिल्लाको तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो ।
यस्तै मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याएका दुई जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनु भयो ।
त्यस्तै दुर्घटनमा अन्य १७ जना घाइते भएका छन् । उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रवार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
