आलोक भावुक/गढवा आइतबार, आश्विन १४, २०८०

दाङ । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ।

गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।

गढवा गाउँपािलका वडा नम्बर ५ ठुलीचौर गाउँबाट आइतबारदेखि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले वर्षौंदेखि जाेतभाेग गरिरहेकाे जग्गालाई लालपुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य शुभारम्भ भएकाे छ।

गढवा गाउँपालिका भूमि शाखा प्रमुख सञ्जित पौडेलका अनुसार गढवा गाउँपालिकाको वडा नम्बर १ र २ मा जग्गाको नापजाँच सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ मा नापजाँच केही दिन पहिलेदेखि सुरु भएको छ। त्यसैगरी आइतबारदेखि वडा नम्बर ५ को ठुलीचौर देखी सुरु भएको नापजाँच कार्य शुभारम्भ भएको जानकारी दिनुभयो ।

वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीय वासीलाई लालपुर्जा दिने उद्देश्यसहित गढवा गाउँपालिकाले जग्गाको नापजाँच सुरु गरेको गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । नापजाँच सकिए लगत्तै लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने वडाअध्यक्ष थापाले बताउनु भयो । वडा नम्बर ५ को ठुलीचौर बाट जग्गाको नापजाँच कार्य सुरुवात गरिएको हो। नाप नक्सा कार्य सुरु भएपछी वर्षौंदेखि लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउँछन् ।

आइतबार वडा नम्बर ५ को ठुलीचौरबाट सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, वडा सदस्यहरु नरेश चौधरी, निर्मला परियार, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी लगायतकाको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]