
Ratbs
Gsbus
Amb
Rbs
dsbus
Gsl
Pbu
Nssbus7
Bksbus5
Ssbus
gms
Ddhbs
Jsbus
Csbus

Rgs
Ssm
Ggd
Wsp
Bbu
Asm
Bbbpu
Vor
Hal
Rgu
Pvg
Ksm
Sls
nsb
Sbs
Rsb
Rgu
Tsm
Gst

Gsb
Jmb
Ptm
Pls
Rmb
Mks
Syp
sab
Rpp
bbt
Bml
Abd
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोकाकप फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लब कप्तानगञ्जले उचालेको छ ।
नवजागरण क्लबले आयोजक चन्द्रज्योती क्लबलाई २-१ गोलको अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमै चन्द्रज्योतीले गोलको सुरुवात गरेको थियो । लगत्तै दवावमा नपरी नवजागरणले ३० औँ मिनेटमा गोल फर्कायो । पहिलो ईनिङ्स १-१ गोल बराबरीमा रोकियो । दोस्रो ईनिङ्सको १० औँ मिनेटमै पुन: नवजागरणले अर्को गोल थप्यो । त्यही गोल चन्द्रज्योतीलाई भारी पर्यो । निकै दवावमा परेका चन्द्रज्योतीका खेलाडीहरुले खेलको अन्तिम समय सम्म पनि दोस्रो गोल फर्काउन नसक्दा नवजागरण बिजयी बन्यो ।
प्रतियोगितामा पहिलो हुने नवजागरणले बोका र दोस्रो हुने चन्द्रज्योतीले ३ वटा भाले पुरस्कार पाएका छन । पहिलो र दोस्रो हुने खेलाडीहरुलाई वडाध्यक्ष मोहन गिरीले स्वागत सम्मान गर्दै मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरीले वडाको निश्चित टिम खडा गरिने बताए । प्रशिक्षणसँगै खेलकुदको बिकाशका निम्ति सधै तत्पर रहने बिश्वास दिलाए ।
प्रतियोगितामा वडा स्तरका १० फुटबल समुहले भाग लिएका थिए । खेल सँयोजक धुर्ब चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको समापन कार्यक्रममा क्रिकेट सँघ दाङका उपाध्यक्ष किशोर कुमार घर्ती मगर, पत्रकार किरण बिक्रम शाह, हसनापुर टोल बिकाश सँस्थाका अध्यक्ष मन्साराम चौधरी,भित्रि कप्तानगञ्ज टोल बिकास सँस्थाका अध्यक्ष कर्ण बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार टेकबहादुर पुनले गरेका थिए ।

