
Sssbus1
Ssbus
Pbu
Ssbus
ssbus
nsm
tssbus
Sssbus1
Gsl
Ssbus

Gst
Rgu
Ksm
Tsm
Pvg
Sls
nsb
Rsb
Bbbpu
Hal
Ssm
Sbs
Bbu
Rgs
Rgu
Asm
Wsp
Ggd
Vor

Abd
Gsb
Mks
Jmb
sab
Pls
Jmb
Rmb
Syp
Ptm
bbt
Bml
Rpp
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरको मूल्य वृद्धि फिर्ता लिएको छ ।
निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्य फिर्ता गरिएको जानकारी दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगले मूल्य वृद्धि फिर्ता लिएको हो ।
निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय १५ रूपैयाँ मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिवार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री समेत असन्तुष्ट बनेका थिए ।
निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय १० पुगेको थियो । तर वृद्धि भएको उक्त मूल्य फिर्ता भएको छ ।
