Sidha Patra आइतबार, आश्विन १४, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरको मूल्य वृद्धि फिर्ता लिएको छ ।

निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्य फिर्ता गरिएको जानकारी दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयअनुसार आयोगले मूल्य वृद्धि फिर्ता लिएको हो ।

निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय १५ रूपैयाँ मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिवार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री समेत असन्तुष्ट बनेका थिए ।

निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार १ सय १० पुगेको थियो । तर वृद्धि भएको उक्त मूल्य फिर्ता भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]